विश्व प्रसिद्ध अटोमोबाइल ब्रान्ड ‘चेरी’ आधिकारिक रुपमा नेपाली बजारमा प्रवेश गरेको छ। बिहिबार आयोजित एक भर्चुअल हस्ताक्षर समारोहमार्फत आधिकारिक वितरकको रूपमा एसपिजी अटोमोबाइल्ससँग गाडी प्रवेशबारे सम्झौता गरिएको हो।
चेरी २००३ देखि चीनको सबैभन्दा ठूलो प्यासेन्जर भेहिकल निर्यातकर्ता हो। यो बहुप्रतिक्षित ब्रान्डले नेपालको अटोमोबाइल क्षेत्रमा प्रवेश गरेपछि नेपाली अटोमोबाइल उद्योगमा सकारात्मक प्रभाव पार्नेमा कम्पनी विश्वस्त छ।
सन् १९९७ जनवरी ०८ मा स्थापना भएको चेरी ब्राण्डको उत्पादन १८ डिसेम्बर १९९९ मा बजार प्रवेश गरेको हो। हाल चेरी ब्राण्डको वार्षिक ९ लाख कार, इन्जिन र ४ लाख ट्रान्समिसन उत्पादन क्षमता छ।
चेरी ब्राण्डले पेसेन्जर, कमर्शियल सवारी साधनको अतिरिक्त मिनी भ्यान पनि उत्पादन गर्छ। चेरी ब्रान्डका एसेम्बल र पार्टपूर्जा उत्पादन गर्ने प्लान्ट चीन लगायत विश्वका १५ देश फैलिएको छ।
हाल विश्व बजारमा चेरी ब्राण्डका २० बढी मोडलहरु बिक्रि भैइरहेको छन् भने कम्पनीले सुरक्षा, ऊर्जा बचत, र वातावरण अनुकूलतालाई ध्यानमा राखि भविष्यमा दर्जनभन्दा बढी मोडलहरु सार्वजनिक गर्ने योजना बनाएको छ।