विश्व प्रसिद्ध चिनियाँ अटो निर्माता कम्पनी ‘च्याङ्गन’ छिटै नेपाली बजारमा आउने भएको छ। औपचारिक रुपमै नेपालका लागि अफिसियल वेबसाइट http://changannepal.com, फेसबुक पेजhttps://facebook.com/changannp, इन्स्टाग्रामhttps://instagram.com/changan.nepal/, तथा युट्युब च्यानल https://youtube.com/channel/UCBkoBHjhHWuy4U4Pp9AfOHg… सार्वजनिक गर्दै कम्पनीले छिटै नेपाली बजारमा आफ्नो उपस्थिति रहने जानकारी दिएको हो।
नेपालका लागि च्याङ्गनको आधिकारिक वितरक एमएडव्लु वृद्धि अटोकर्पले ग्राहकहरुसँग सुमधुर सम्बन्ध स्थापना गर्न तथा सजिलो र भरपर्दो तरिकाले सम्पर्कमा रहन उक्त डिजिटल प्लेटफर्महरुको सुरुवात गरेको बताइएको छ।
कम्पनीले उपलब्ध उत्पादनहरुको छोटो र सटिक जानकारी वेबसाईट, फेसबुक र इन्स्टाग्राममा राख्नेछ। ग्राहकहरुलाई उक्त प्लेटफर्म मार्फत नै नयाँ जानकारीहरु प्राप्त गर्न उत्प्रेरित गर्नेछ।
ग्राहक तथा इच्छुक व्यक्तिहरुले उक्त च्यानलहरु मार्फत नै सम्पर्क गर्न र आफ्ना जिज्ञासाहरुको जवाफ पाउन सक्नेछन्।
साथै, कम्पनीले नेपालमा आधिकारिक रुपमै डिजिटल प्लेटफर्महरु मार्फत आफ्नो उपस्थिति सुरुवात गरेको अवसर पारेर एउटा प्रतियोगिता पनि सञ्चालन गरेको छ। जस अन्तर्गत कम्पनीले पहिलो एक सय जना फलोअर मध्येबाट भाग्यशाली दस विजेता छान्नेछ र आकर्षक पुरस्कार प्रदान गर्नेछ।