अतुल अटोको नयाँ अतुल रिक सार्वजनिक भएको छ। नेपालका लागि अतुल अटोको आधिकारीक विक्रेता भिजी अटोमोबाइल्सले आइतबार एक कार्यक्रममा नयाँ जेनेरेशनको तीन पाङ्ग्रे अतुल रिक सार्वजिनक गरेको हो।
कम्पनीले 'यात्रा शानदार, आम्दानी दमदार' नाराका साथ नयाँ अतुल रिक सार्वजनिक गरेको हो।
नयाँ अतुल रिकका विशेषताहरूका कारण यसले नेपालमा राम्रो बजार पाउनेमा कम्पनी सकारात्मक छ। यसमा १९८.६ सिसी, ४ स्ट्रोक एर कुल्ड सिंगल सिलिन्डर इन्जिन जडित छ। जसले ६००० आरपिएममा ११.५ एचपी पावर र ३५००-४००० आरपिएममा १५.८ न्युटन मिटरको टर्क जेनेरेट गर्छ।
समग्रमा ५ गियर बक्स भएको अतुल रिकमा एक चालक र तीन यात्रु बस्न मिल्ने गरि ४ सिट पाउन सकिन्छ। यी तीन पाङ्ग्रे गाउँ र शहरी दुवै परिवेशमा उपयुक्त छ। यसको ग्राउन्ड क्लेरेन्स १८५ मिलिमिटरको छ।
अतुल रिकमा पुरै डिजिटल इन्स्ट्रुमेन्टल क्ल्स्टर पाउन सकिन्छ। यसको स्टार्ट मेकानिजम पनि विद्युतीय पुस नै छ। यसमा जम्मा १०.५ लिटरको इन्धन क्षमता छ। त्यस्तै यसको टर्निङ रेडियस १८० डिग्रीको रहेको छ।
यो तीन पाङ्ग्रेले प्रति लिटर ३० किलोमिटरसम्मको माइलेज प्रदान गर्ने कम्पनीले दाबी गरेक छ।
नयाँ अतुल रिकको बाहिरी बनावट पनि स्टाइलिस र सानदार छ। यसको अगाडि भागमा ट्विन हेडल्याम्स छ। यो तीन पाङ्ग्रेमा इन-बिल्ट युएसबी पोर्ट, म्युजिक प्लेअर, सामान राख्नको लागि पर्याप्त ठाउँ, चालकको लागि सिक्का राख्ने ठाउँलगायत पाउन सुविधा सकिन्छ।
कम्पनीले दाबी गरेअनुसार नयाँ अतुल रिकमा चालक र यात्रुको सुरक्षाका पक्षलाई पनि विशेष ध्यान पुर्याइएको छ।
कार्यक्रममा भारतदेखि अतुल अटोका जेनरल म्यानेजर सतिस गोश्वामी पनि उपस्थित थिए। उनले नयाँ रिकले भारतका शहरमा झैं नेपाली बजारमा समेत राम्रो स्थान पाउनेमा सकारात्मक भाव व्यक्त गरे।
'अतुल अटोको परिवार विस्तार हुँदैछ। नेपाली बजारको लागि नयाँ अतुल रिक उपयुक्त हुन्छ भन्ने सोच र विश्वाससँगै अघि बढ्दैछौं। सम्पूर्ण नेपालीहरूबाट सकारात्मक प्रतिक्रियाको आशा राखेका छौं,' उनले भने।
अतुल अटो लिमिटेड तीन चक्के टेम्पु निर्माणमा भारतको प्रसिद्ध कम्पनी हो। यसको राजकोट र अहंदाबादमा कारखाना छ। अतुल अटोले संसारभरका २२ वटाभन्दा बढी राष्ट्रहरूमा आफ्नो डिलर नेटवर्कबाट उत्पादन बिक्री गर्दै आएको छ।