रोयल इनफिल्डले नयाँ जेनेरेशनको क्लासिक ३५० सार्वजनिक गर्ने भएको छ। कम्पनीले यही अगस्ट २७ मा नयाँ रोयल इन्फिल्ड क्लासिक ३५० सार्वजनिक गर्ने घोषणा गरेको एक्स्प्रेस ड्राइभले लेखेको छ।
नयाँ बाइक पुरै अपग्रेड भर्सनमा पाउन सकिन्छ। यसको बाहिरी आवरणदेखि इन्जिनसम्ममा कम्पनीले विशेष ध्यान पुर्याएको कम्पनीले दाबी गरेको छ। नयाँ क्लासिक ३५० मा मिटिओर ३५० मा भए जस्तै ३४९ सिसी सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ। जसले २० एचपी पावर र २८ एनएमको टर्क जेनेरेट गर्नेछ।
यसमा पुरै डिजिटल इन्ट्रुमेन्टल क्लस्टर छ। नयाँ जेनेरशनको क्लासिक ३५० मा ट्रिपर नेभिगेसनको पनि सुविधा हुनेछ। जसलाई ब्लुटुथबाट कनेक्ट गरेर चलाउन सकिन्छ। बाइकमा एलइडी हेडल्याम्प, सिंगल च्यानल एबिएस, गोलो आकारको रिअर भ्यू मिरर लगायत विशेषताहरू छन्।
केही दिन मै सार्वजनिक हुन लागेको नयाँ जेनेरेशनको क्लासिक ३५० को बजार मूल्य भारु १ लाख ९० हजारदेखि २ लाख २० हजारबीच हुने अनुमान लगाइएको छ। यसले बजारमा होन्डाको हाइनेस सिबी २५० र जावाका बाइकहरूसँग प्रतिस्पर्धा गर्नेछ।
रोयल इन्फिल्डले भविष्यमा अन्य थुप्रै मोडलका बाइकहरू सार्वजनिक गर्दैछ। जसमा ३५० सिसी इन्जिन क्षमता र ६५० सिसी प्यारारल ट्विनका विशेषताहरू हुनेछन्।