एमएब्लले लामो समयदेखि शान्तिपूर्ण गस्तीमा सहयोगी हुने र सहरको शान्ती सुरक्षा प्रयोजनका निम्ती नेपाल प्रहरी र ट्राफिकलाई यामाहाका मोटरसाइकलहरू दिँदै आइरहेको छ।
यामाहाले एफ जेड-२५ र सालुटो नामका दुईवटा मोटरसाइकलहरू नेपाल प्रहरीलाई प्रदान गरेको छ। कालिमाटी प्रहरी बिटमा आज एक कार्यक्रमबीच मोटरसाइकल हस्तान्तरण गरिएको हो।
समारोहमा यामाहाका प्रमुख व्यवस्थापकिय अधिकृत राजु क्षेत्री, नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरिक्षक अशोक सिंह र प्रहरी उपरिक्षक अपिल राज बोहराको उपस्थिती थियो।
शान्तिपूर्ण गस्तीका निम्ति नेपाल प्रहरीले यी मोटरसाइलको प्रयोग बताइएको छ।
'सामाजिक कार्यहरूमा सामेल हुन र राष्ट्रको सुरक्षाबललाई सहयोग गर्न पाउनु भाग्यको कुरा हो,' यामाहाका प्रमुख व्यवस्थापकीय अधिकृत राजु क्षेत्रीले भने।