प्रदेश १ सरकारले भदौ १ देखि लागू हुने गरी सार्वजनिक यातायातको भाडा बढाएको छ।
प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले सूचना जारी गर्दै पहाड र तराईमा चल्ने यात्रुबाहक र मालबाहक सवारीको नयाँ भाडा दर निर्धारण गरेको हो।
मन्त्रालयका अनुसार पहाडी बाटोमा सञ्चालन हुने सवारीको भाडा १६.५ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २३ प्रतिशत बढेको छ।
यस्तै, यात्रुबाहक सवारीको भाडा २२ प्रतिशत वृद्धि भएको छ।
‘भाडा निर्धारण समितिको मिति साउन १७ मा बसेको बैठकले गरेको सिफारिस समेतलाई आधार मान्दै प्रदेश नं १ भित्रका रुटमा सञ्चालन हुने सार्वजनिक यातायातका सवारीको भाडादर यस मन्त्रालयको मिति भदौ १ को मन्त्रिस्तरीय निर्णयानुसार सोही मितिदेखि लागू हुने गरी समायोजन गरिएको’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।