नेपालमा होन्डाको दुई पाङ्ग्रेको मूल्य बढ्ने भएको छ। कम्पनीले भदौ ७ गतेदेखि दुई पाङ्ग्रे सवारीको मूल्य बढाउने आफ्नो आधिकारिक फेसबुकमार्फत जानकारी गराएको हो।
'मूल्य वृद्धि हुनु अगावै आफूलाई मनपर्ने होन्डा बुक गरी १२ हजार ५ सय रुपैयाँसम्मको बचत गर्नुहोस्', कम्पनीले पोस्टमा लेखेको छ। जसअनुसार कम्पनीले बाइक र स्कुटरको मूल्य १२ हजार ५ सयसम्मले बढाउने अनुमान लगाउन सकिन्छ।
होन्डाले भदौ ७ गतेसम्मको लागि होन्डाका बाइक र स्कुटर किन्दा ४ हजार ५ सय रुपैयाँसम्मको छुट पनि दिदैछ।
होन्डाका बाइक र स्कुटरहरूले नेपालमा राम्रो बजार पाइरहेको छ। केही महिनाअघि सार्वजनिक नयाँ ग्राजिया १२५ बिएस–६ ले पनि राम्रो बजार पाएको कम्पनीको भनाइ छ।
त्यस्तै गत महिना मात्रै सार्वजनिक होन्डा हाइनेस–३५० र सिबी–३५० आरएसको स्टकको पनि स्टक सकेको थियो। कम्पनीका अनुसार यी बाइकहरू अब सेप्टेम्बरमा मात्रै आउनेछ।