फक्सवागनले टाइगुन एसयुभी निर्माण सुरू गरेको छ। फक्सवागन इन्डियाले बुधबार टाइगुन एसयुभीको उत्पादन सुरू गरेको घोषणा गरेको हो। उत्पादनसँगै कम्पनीले गाडीको बुकिङ पनि खुलाएको अटो हिन्दुस्तानले लेखेको छ।
भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार कम्पनीले टाइगुन एसयुभीको उत्पादन महाराष्ट्रस्थित चकान उत्पादन प्लेनमा गर्दैछ। नयाँ एसयुभीको डेलिभरी भने यही वर्षको सेप्टेम्बर महिनादेखि हुनेछ।
फक्सवागनले नयाँ टाइगुन एसयुभीलाई सस्तो तर प्रिमियम गाडीको रूपमा सार्वजनिक गर्ने योजना छ।
कम्पनीले यो एसयुभीको बाहिरी र भित्री आवरणमा विशेष ध्यान पुर्याएको छ। यसको भित्री क्याबिनमा थुप्रै विशेषताहरू छन् र स्पोर्टी प्रिमियम भाइब दिनेछ। यसको डिजिटल ककपिट र इन्फोटेनमेन्ट सिस्टम पनि अरू सेग्मेन्टको एसयुभीको तुलनामा ठूलो छ।
सेप्टेम्बरदेखि डेलिभर हुने फक्सवागनको टाइगुन दुई टिएसआई पेट्रोल इन्जिन विकल्पमा उपलब्ध हुनेछ। यो १.० लिटर टिएसआई पेट्रोल मोटर र १.५ लिटर पेट्रोल युनिटमा उपलब्ध हुनेछ।
कम्पनीले टाइगुन एसयुभीको सम्पूर्ण विशेषता र मूल्य भने सार्वजनिक गर्न बाकीँ छ। तर टाइगुन एसयुभी भारतीय बजारको लागि उपयुक्त गाडी हुनेमा कम्पनी सकारात्मक छ।