बिवाइडको अल न्यू इ सिक्स विद्युतीय कार नेपाली बजारमा केही समयअघि सार्वजनिक भएको थियो।
बिवाइडका गाडीहरुको नेपालका लागि आधिकारिक बितरक साइमेक्सले इ सिक्सको नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरिएको थियो।
७१.७ किलोवाटप्रतिघण्टा क्षमताको ब्याट्री जडान भएको यो गाडीमा नयाँ प्रविधिको ब्याट्री भएको साइमेक्सले जानकारी दिएको छ। यसमा ब्लेड ब्याट्री प्याक प्रविधि रहेको कम्पनीले बताएको छ।
यो कारमा एसी र डिसी चार्जर सपोर्ट गर्छ भने एसी फास्ट चार्जरबाट २ घण्टामा फुल चार्ज हुने छ। ६.६ किलोवाटको होम चार्जरसहित उपबल्ध हुने यो गाडी होम चार्जरबाट १० घण्टामा फुल चार्ज हुने छ।
यो गाडी एकपटको फुल चार्जमा ४१५ किलोमिटरसम्म गुड्ने कम्पनीले दाबी गरेको छ।
ब्याट्रीको वारेन्टी आठ वर्ष वा ५ लाख किलोमिटर हुने कम्पनीको भनाइ छ। त्यस्तै मोटरमा आठ वर्ष वा १ लाख ५० हजार किलोमिटर हुने छ।