नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रा.लिले चाडवाडको अवसर पारेर नेपाली बजारमा 'ड्याट्सन फेस्टिभ हट डिल' योजना सार्वजनिक गरेको छ।
कार खरिद गर्ने व्यक्तिहरुका लागि चाडवाड एक सुवर्ण मौका भएको कुरालाई ध्यानमा राख्दै कम्पनीले नेपालीहरुको चाड दसैंको अवसरमा आकर्षक योजना प्रस्तुत गरेको हो।
योजना अनुसार ग्राहकलाई २ लाख ४ हजार १ सय ५२ रुपैयाँ बराबरको विशेष सुविधा, १ लाख २५ हजार रुपैयाँ नगद छुट साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार ९ सय ९९ रुपैयाँ पर्ने रेड्मी नोट १० एस प्रदान गरिने बताइएको छ।
साथै १ वर्षको बिमा तथा सवारी कर, वारेन्टी तथा सर्भिसिङको व्यवस्था पनि गरिएको छ।
ग्राहकलाई तत्काल फाइनान्स तथा एक्स्चेन्ज सुविधाको व्यवस्था पनि गरिएको कम्पनीले बताएको छ। यो योजना नेपालभर रहेका ड्याट्सन सोरुमहरुमा लागू हुनेछ।