टाटाको नयाँ सफारी एसयुभी सार्वजनिक भएको छ। टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकारीक वितरक सिप्रदी ट्रेडिङले बिहिबार एक कार्यक्रम आयोजना गर्दै नेपालमा प्रमुख प्रिमियम एसयुभी नयाँ टाटा सफारी सार्वजनिक गरेको हो।
सात सिट क्षमताको यस टाटा सफारीको बाहिरी आवरणसँगै भित्री डिजाइन पनि सानदार छ। यो गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र शानको बेजोड सम्मिश्रण भएको कम्पनीले दाबी गरेको छ।
गाडीको बाहिरी आवरण आकर्षक हुनुको साथै बलियो र स्पोर्टी छ।
१९५६ सिसी, इन-लाइन, ४ सिलिन्डर जडित यो गाडीले अधिकतम ३७५० आरपिएममा १७० पिएस पावर र १७५०–२५०० आरपिएममा ३५० एनएमको टर्क जेनेरेट गर्छ। यसको अगाडि र पछाडि दुवै डिस्क ब्रेक पाउन सकिन्छ।
यसमा २७४१ मिलिमिटर चौडा व्हिलबेस, म्याजिस्टिक प्यानोरोमिक सन रुफ, यासवुड फिनिस्ड ड्यासबोर्ड, अत्याधुनिक ८८ इन्चको फ्लोटिड आइजल्यान्ड इन्फोटेन्मेन्ट सिस्टम लगायत विशेषता छन्।
७ सिटसम्मको क्षमता भएको यो गाडीमा सुरक्षाको लागि इएसपी, बोस मोड, ६ एयर ब्याग जस्ता विशेषताहरू छन। नयाँ टाटा सफारी ल्यान्ड रोवरको डी८ प्लेटफर्ममा आधारित छ।
भारतमा नयाँ टाटा सफारी सार्वजनिक भएको ६ महिनाभित्र १० हजार भन्दा बढी उत्पादन भइसकेको छ। नयाँ टाटा सफारीले एसयुभी बजारमा टाटा ब्रान्डको छविलाई नयाँ उचाइमा पुर्याउनेमा कम्पनीले विश्वास राखेको छ।
‘नेपालमा नयाँ सफारीको आगमन भनेको टाटासँग सिप्रदीको व्यापारिक साझेदारीमा अर्को नयाँ कोशे ढुँगा थपिनु हो। नेपाली ग्राहकहरूको बदलिदो आकाक्षा र जीवनशैलीसँग मेल खाने यो गाडीले नेपालमा एसयुभी प्रयोगलाई वृद्धि गर्ने आशा राखेका छौं’, कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ्गका प्रमुख सञ्चालन अधिकृत राजेश प्रसाद गिरीले भने।
नेपाली बजारमा नयाँ टाटा सफारी तीन रंगमा उपलब्ध हुनेछः निलो, सेतो र खरानी। यो एसयुभीको एक्सईदेखि एक्सजेटए प्लससम्म गरेर ९ वटा मोडेलहरू छन्।
कम्पनीले नयाँ टाटा सफारीका विभिन्न मोडल ८१ लाख ९९ हजारदेखि ९६ लाख ५० हजार तोकेको छ।