हुन्डाई इन्डियाले भारतमा नयाँ आई२० एन लाइन सार्वजनिक गरेक छ। बिहिबार सार्वजनिक नयाँ आई२० एन लाइन स्पोर्टी लुक्स भएको ह्याचब्याग हो। कम्पनीका अनुसार यो गाडी एन६ (आइएमटी), एन८ (आइएमटी) र एन८ (डिसिटी) गरी तीनवटा ट्रिममा उपलब्ध हुनेछ।
हुन्डाई आई२० एनको बाहिरी आवरण निकै स्पोर्टी छ। गाडीमा १६ इन्चको डाइमन्ड कट अलोय ह्विल छ जसमा ‘एन’ लोगो देख्न सकिन्छ। यसको अगाडि भागमा भएको दुई टोनको स्पोर्टी बम्पर, ग्रिल, स्किड प्लेटले गाडीलाई प्रिमियम देखाउँछ। गाडीको अगाडि भागमा फग ल्याम्प पनि छ। यसको पछाडि भागमा स्पोर्टी डिजाइनमा टेलगेट र जेड सेपको एलइडी टेल ल्याम्प छ।
नयाँ हुन्डाई आई२० एन पहिलेको स्टान्डर्ड आई२० मोडल जस्तै छ। यसको लम्बाई ३,९९५ एमएमको छ। चौढाई १,७७५ एमएमको र उचाईं १,५०५ एमएमको छ। गाडीको ह्विलबेस २,८५० एमएमको छ।
आई२० एन लाइनको आन्तरिक डिजाइनमा पनि कम्पनीले अपग्रेड गरेको छ। यसमा पृथक डिजानको थ्री–स्पोक स्टेरिङ डिजाइन छ। गाडीको सिटहरू र गियर नोबमा पनि एन लाइनको लोगो छ। कम्पनीका अनुसार यो गाडीको भित्री डिजाइन हेर्दा जति राम्रो छ उत्तिनै बस्दा र गाडी चलाउँदा सहज छ। गाडिको ड्यासबोर्डमा १०.२५ इन्चको इन्फोटेनमेन्ट स्क्रिन र पुरै डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर पाइन्छ।
स्पोर्टी लुक्समा रहेको हुन्डाई आई२० एन लाइनमा १।० लिटरको टर्बो जिडिआई पेट्रोल इन्जिन जडित छ। जसले अधिकतम १२० पिएस पावर र १७२ एनएमको टर्क जेनेरेट गर्छ। यो गाडीमा सात(स्पीड डुअल क्लच ट्रान्समिसन सेट अप छ। त्यस्तै ६ स्पिड आइएमटी युनिट छ।
गाडीका चारै वटा पाङ्ग्रामा डिस्क ब्रेकको सुविधा छ। सुरक्षाको हिसाबमा हुन्डाई आई२० एन लाइनमा विभिन्न एड्भान्स विशेषताहरू छन्। यसमा रिअर क्यामेरा, हिल असिस्ट कन्ट्रोल, रिभर्स पार्किङ सेन्सर, टायर प्रेसर मोनिटरिङ सिस्टम लगायत विशेषताहरू छन्। त्यस्तै गाडीमा कनेक्टिभिटीको पनि सुविधा छ।
नयाँ हुन्डाई आई २० एन लाइन ६ रंग विकल्पमा उपलब्ध हुनेछ( निलो, रातो, ग्रे, सेतो, निलोमा कालो छत भएको र रातोमा कालो छत भएको।
हुन्डाईले गत महिनादेखि नै भारतमा गाडीको बुकिङ खुलाएको छ। कम्पनीले हुन्डाई आई२० एन लाइनको विभिन्न भेरियन्टको मूल्य भारु ९ लाख ८४ हजारदेखि सुरू गरेको छ। यसको टप भेरियन्टको मूल्य ११ लाख ७५ हजारसम्मको छ।