नेपालमा अल न्यू हुन्डाइ आइ-२० सार्वजनिक भएको छ। नेपालका लागि हुन्डाइको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले केही साताअघि मात्रै अल न्यू हुन्डाइ आइ- २० नेपाली बजारमा भित्र्याएको हो।
आकर्षक डिजाइन र पर्फर्मेन्सका कारण हुन्डाइ आइ-२० को मोडल परिचित छ। गाडीमा १.२ कप्पा इन्जिन जडित छ। १९७ सिसी डिस्प्लेसमेन्ट भएको यो गाडीले ६,००० आरपिएममा ८३ पिएस र ४,२०० आरपिएममा ११.७ केजिएमको टर्क जेनेरेट गर्छ।
गाडीको बाहिरी आवरण आइकनिक स्पोर्टी डिजाइनमा छ। यसको अगाडि भागमा भएको एलइडी प्रोजेक्टर हेडल्याम्प, प्यारामेट्रिक जिवल प्याटर्नको ग्रिल, बोल्ड क्यारेक्टर लाइनले गाडीलाई आइकनिक देखाउँछ। त्यस्तै गाडीमा जेड आकारको एलइडी टेल ल्याम्प, सार्क फिन एन्टेना, स्लिक लुकिङ ग्लास, १६ इन्चको अलोय ह्विलजस्ता विशेषता छन्।
अल न्यू हुन्डाइ आइ- २० मा भएको टिएफटी मल्टिइन्फर्मेसन डिस्प्लेसहितको डिजिटल क्लस्टर, स्पोर्टी मेटल पेडल, रिअर स्मार्ट पकेट, ग्लोब बक्स कुलिङ, अगाडि र पछाडि दुवैमा चार्जिङ पोर्टहरूले गाडीको भित्री डिजाइन शानदार बनाएको छ।
त्यस्तै गाडी चलाउन र बस्न पनि सहज छ। यसमा भएको टिल्ट एन्ड टेलिस्कोपिक स्टेयरिङको मद्दतमा चालकले आफ्नो उचाइ र सहजताअनुरुप स्टेरिङ उचाइ सेट गर्न सक्छन्। नयाँ आइ- २० मा विद्युतीय सनरूफको पनि व्यवस्था छ।
यसबाहेक यात्रु सुरक्षाका लागि आइ-२० मा थुप्रै विशेषता छन्। गाडीमा डुअल एयरब्याग, एबिएस, आइसोफिक्स, इमर्जेन्सी स्टप सिग्नल, रिअर भ्यू मोनिटर, हिल असिस्ट कन्ट्रोल, इबिडी, टायर प्रेसर मनिटरिङ प्रविधि जस्ता फिचर छन्। गाडीको अगाडि टायरमा डिस्क र पछाडि टायरमा ड्रम ब्रेक छ। यसको इन्धन क्षमता जम्मा ३७ लिटरको छ।
बजारमा हुन्डाइको नयाँ आइ-२० विभिन्न छ वटा रङमा उपलब्ध छ।
कम्पनीले यो गाडीको म्याग्ना भेरियन्टको मूल्य ३६ लाख ९६ हजार तोकेको छ भने स्पोर्ट भेरियन्टको मूल्य ४१ लाख ९६ हजार तोकेको छ।