चाडपर्वको मौसम नजिकिएसँगै प्रोटोनले दक्षिणा सहितको 'दशैं-दक्षिणा' योजना प्रस्तुत गरेको छ।
खेर जान दिनै नसकिने अफरहरु सहितको यस योजना भदौ १७ गतेबाट सुरु भएर चाडपर्वको मौसम भरी चल्ने कम्पनीले जानकारी दिएको छ।
योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स७० गाडीको खरिदमा ६ लाख रुपैयाँसम्मको अफरयुक्त दक्षिणा पाउन सक्नेछन्।
जस अन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले ५० हजार देखि २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस स्वरुप स्वरुप पाउन सक्नेछन्।
यसैगरी पूरै पैसा तिरेर नयाँ सवारी किन्न इच्छुक ग्राहकको लागि यस योजनाले ५० हजार देखि २ लाख ५० पचास हजारसम्म छुटको व्यवस्था गरेको छ।
प्रोटोन दशैं-दक्षिणा योजना अन्तर्गत ग्राहकले आकर्षक व्याजदर सहितको किस्तावन्दीमा पनि सवारी खरिद गर्न सक्नेछन्, जसका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा सेभिङ एण्ड क्रेडिट को ओपरेटिभ लिमिटेडले इन-हाउस फाइनेन्सिङको सुविधा प्रदान गर्दै आइरहेको छ।
यी सेवाका अतिरिक्त नयाँ सवारी खरिदमा ग्राहकले विभिन्न पाटपुर्जा तथा चाहिने उपकरणहरु समेत सित्तैमा पाउनेछन्।
चाडपर्वको अवसरमा अफर समायोजन नगरी प्रोटोन सागाको सुरुआती मूल्य ३७ लाख ९९ हजार राखिएको छ भने प्रोटोन एक्स७० को सुरुआती मूल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ।
कम्पनीले यो योजना प्रोटोनका काठमाडौं, पोखरा र बुटवलमा रहेका सोरुममा मात्र लागू हुने जानकारी दिएको छ।