रेनो इन्डियाले भारतमा नयाँ क्विड एमवाई२१ सार्वजनिक गरेको छ।
कम्पनीले आफ्नो १० औं वार्षिकोत्सवको अवसरमा बुधबार नयाँ गाडी सार्वजनिक गरेको हो। नयाँ क्विड एमवाई२१ मा कम्पनीले सुरक्षाको लागि नयाँ विशेषताहरू थपेको छ।
भारतमा सार्वजनिक क्विड एमवाई १२मा कम्पनीले बाहिरी डिजाइनसँगै यसको पर्फर्मेन्समा सुधार गरेको छ। ०.८ लिटर र १.० लिटरको एससिई गरी क्विड एमवाई२१ दुई पावरट्रेनमा उपलब्ध छ। त्यसमध्ये पनि दुवै म्यानुअ र अटोमेटिक ट्रान्मिसनमा उपलब्ध छ।
यसको स्ट्यान्डर्ड भेरियन्ट डुअल एयरब्यागमा समेत उपलब्ध छ। त्यस्तै क्विड एमवाई२१ को क्लाइम्बर एडिसनको बाहिरी आवरण डुअल-टोनमा उपलब्ध हुनेछ जसको छत भने कालो हुनेछ।
यसमा विद्युतीय साइड ऐना हुनेछ भने रिअर भ्यू मिरर पनि छ। क्विड एमवाई २१ विभिन्न ९ भेरियन्टमा उपलब्ध हुनेछ। रेनोको यो नयाँ क्विड एमवाई२१ को सुरुवाती मूल्य भारु ४ लाख ६ हजार ५ सय तोकिएको छ। त्यस्तै विभिन्न विशेषतासहितको विभिन्न भेरियन्टको मूल्य भारु ५ लाख ५१ हजार ५ सय तोकिएको छ।
क्विडको विभिन्न भेरियन्ट र त्यसको भारु मूल्य यस प्रकारको छः
आरएक्सई ०.८ लिटर - ४,०६,५००
आरएक्सएल ०.८ लिटर -४,३६,५००
आरएक्सटी ०.८ लिटर - ४,६६,५००
आरएक्सएल १.० लिटर एमटी - ४, ५४, ६००
आरएक्सएल १.० लिटर एमटी - ४, ९३, ६००
आरएक्टी १.० एमटी अप्सन - ४,९०,३००
क्लाइम्बर १.० लिटर एमटी अप्सन - ५,११, ५००
आरएक्टी १.० लिटर इजी आर अप्सन - ५,३०,०००
क्लाइम्बर १.० लिटर इजी आर अप्सन - ५,५१,५००