हुन्डाई मोटर्सको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अल न्यू टुसान’ सार्वजनिक गरेको छ। हुन्डाईले फ्यूचरस्टिक डिजाइनमा तयार पारेको नयाँ जेनेरेशन टुसान विश्वभर चर्चामा रहेको मोडल हो।
‘मोस्ट डाइनामिक एन्ड ट्रेन्डी’ डिजाइनको कारण विश्वभर नयाँ जेनेरेशन टुसानलाई ‘एउटा डिजाइन रिभोलुसन’को संज्ञा दिइएको छ।
यसमा प्रयोग गरिएको प्यारामेट्रिक हिडन लाइट, लामो ह्वीलवेस, उत्कृष्ट इन्टेरियर, १८ इन्चको अलोय ह्वील, टु ह्वील र फोर ह्वील ड्राइभिङ सिस्टमले नयाँ टुसानलाई अलग पहिचान दिएको छ।
नेपाली बजारमा नयाँ जेनेरेशन टुसानको विभिन्न ४ भेरियन्ट उपलब्ध हुने कम्पनीले बताएको छ। जसमा जिएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल), जिएलएस टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल), जिएलएक्स टु ह्वील ड्राइभ अटोमेटीक (पेट्रोल) र जिएलएक्स फोर ह्वील ड्राइभ अटोमेटीक (डिजेल) भेरियन्टमा उपलब्ध रहने छ।
यसको सुरुवाती भेरियन्ट जिएलएस टु ह्वील ड्राइभ म्यानुअल (पेट्रोल)को मूल्य ८९ लाख ९६ हजार रुपैयाँ रहेको छ।
अमेजन ग्रे, ह्वाइट क्रिम, क्रिमशन रेड, सिम्रिङ सिल्भर, डिप सि र टाइटन ग्रे कलरमा उपलब्ध रहेको नयाँ जेनेरेशन टुसानमा भ्यान्टीलेटेड सिट, हाइट एड्जस्ट, अटोमेटिक पावर टेलगेट, मल्टी एयर मोड सिस्टम, एम्बीयन्ट मुड लाइट जस्ता फिचरले चालक र यात्रुलाई सुखद यात्रा गराउने विश्वास कम्पनीको छ।
बोल्ड डिजाइन र प्रविधिको भरपुर प्रयोग गरिएको इन्टेरियर, २.० लिटर टर्बो पेट्रोल र डिजेल इन्जिन यसको सबल पक्ष हो।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभर रहेका आफ्ना १३ शोरुम, १७ सर्भिस नेटवर्कबाट गाडी बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ।
हुन्डाई मोटर्स विश्वकै ५औं ठूलो कार उत्पादक कम्पनी हो।