हुन्डाईले युरोपेली बजारमा विद्युतीय गाडी मात्रै बिक्री गर्ने घोषणा गरेको छ। कम्पनीले मंगलबार सो घोषणा गरेको हो जसअनुसार सन् २०३५ देखि युरोपमा विुद्युतीय सवारी साधनको मात्रै बिक्री-वितरण हुनेछ। यसले कम्बस्टन इन्जिन जडित गाडी बेच्ने छैन। हुन्डाई कोरियाली कार निर्माता कम्पनीले हो।
हुन्डाईले यतिबेला विद्युतीय सवारी निर्माणमा विशेष जोड दिएको छ। कम्पनीले विभिन्न विद्युतीय सवारीका मोडल पनि सार्वजनिक गरेको छ। जुन विश्वको थुप्रै राष्ट्रमा बिक्री तथा वितरण भइरहेको छ।
अटो हिन्दुस्तानका अनुसार सन् २०२२ सम्ममा कम्पनीले थप विद्युतीय गाडीका मोडलहरू सार्वजनिक गर्दैछ। यसमध्ये पाँच वटा हाइब्रिड गाडी, दुई वटा प्लग-इन हाइब्रिड, तीन वटा विद्युतीय गाडी र एउटा फ्युल सेल सवारी हुने अनुमान लगाइएको छ।
यी विभिन्न मोडलमध्ये आइकनिक ब्रान्ड विशेष प्राथमिकतामा हुने बताइएको छ। गत फेब्रुअरीमा सार्वजनिक आइकनिक ई-जिएमपीसहितको बिइभीमा आधारित छ। केही समयपछि कम्पनीले आइकनिक ६ पनि सार्वजनिक गर्ने घोषणा गरेको छ।
युरोपेली बजारमा सन् २०३५ सालदेखि विद्युतीय सवारी मात्रै निर्यात गर्ने हुन्डाईको सो घोषणा आइएए मोबिलिटी २०२१ मा गरेको हो।
'जलवायु परिवर्तन एक निर्विवाद चुनौती बनेको छ जसमा हामी सबैले तत्कालै ध्यान दिन आवश्यक छ,' हुन्डाई मोटर कम्पनीका अध्यक्ष एवम् सिईओ जाइहुन चाङले भने, 'यस्तोमा हुन्डाईले सन् २०४५ सम्ममा आफ्नो उत्पादनहरू कार्बन न्युट्रल बनाउने प्रतिबद्धता गर्छौं। साथै हामी राम्रो र दिगो भविष्यको लागि स्वच्छ यातायात र उर्जामा लगानी गर्नेछौं।'