हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अघिल्लो वर्षको चाडवर्प स्कीम ‘यसपालीको दशैं तिहार, वेलकम टु हुन्डाई परिवार’ योजनाका विजेता ग्राहकलाई साचो हस्तान्तरण गरिएको छ।
योजनामा सहभागी मध्येबाट ग्राण्ड आई १० नियोस म्याग्ना विजेता श्यामप्रसाद पौडेल (कुपन नम्बर १४४५) र हुन्डाई अउरा (एस) विजेता चेतनारायण सापकोटा (कुपन नम्बर १६१७) लाई गाडीको साँचो हस्तान्त्रण गरिएको कम्पनीले बताएको छ।
उक्त लक्की ड्र साउन ११ (जुलाई २६) गते हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रशारण मार्फत विजेता छनोट गरिएको थियो।
साथै कम्पनीले भदौ २४ गते बिहिबारबाट आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ ग्राहकमाझ प्रस्तुत गर्ने भएको छ।
लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालका विभिन्न सहरमा १३ वटा शोरुम र १७ वटा सर्भिस सेन्टर मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।