टिभिएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा टिभिएस अपाचे आरटिआर २००-४भीको फर्स्ट इन् क्लास राइडिङ मोड्ससँगै बिएस भिआइ इन्जिन सहितको नयाँ मोडल नेपालमा सार्वजनिक गर्ने भएको छ।
कम्पनीले भदौ २४ गते सोल्टी काठमाडौमा सार्वजनिक हुने बताएको छ। साथै टिभिएस नेपालको फेसबुक, युट्युब, इन्स्टाग्राम पेज लगायत अन्य विभिन्न डिजिटल माध्यमबाट पनि प्रशारण गर्ने भएको छ।
यो मोडलमा ठाउँ, सडक र मौसम अनुसार राइडिङ मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स छ। यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर तिन ओटा मोडहरु रहेका छन् जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा परिवर्तन गर्न सक्नेछन्।
यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित गर्ने देखिन्छ।