टाटाले नयाँ माइक्रो एसयुभी टाटा पन्च सार्वजनिक गर्ने भएको छ। कम्पनीले यही चाडपर्वको अवसर पारेर नयाँ गाडी सार्वजनिक गर्ने घोषणा गरेको भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको छ। कम्पनीले ट्विटरका एक प्रयोगकर्तालाई प्रतिक्रिया दिदैँ पन्च यही दिपावलीमा सार्वजनिक हुने बताएको हो।
टाटा मोटर्सले ट्विटरमा भनेको छ, ‘पाँच सिटर कम्प्याक्ट एसयुभी टाटा पन्च सन् २०२१ को चाडपर्वको मौसममै सार्वजनिक हुँदैछ। भन्नुको अर्थ नोभेम्बरभन्दा अघि नै गाडी सार्वजनिक हुने तयारी भइरहेको छ।’ यसपालि दिवाली नोभेम्बर ४ मा मनाइदैछ।
कम्पनीले केही समय अघिदेखि नयाँ पन्चबारे विभिन्न जानकारी सार्वजनिक गर्दै आएको छ। यो गाडीमा थुप्रै फिचरहरू हुने कम्पनीले दाबी गरेको छ। तीमध्ये केही फिचरहरू नयाँ थपेका छन् जुन सेग्मेन्ट कै पहिलो हुनेछ।
टाटा पन्चमा धेरै मोडहरू हुनेछन्। कम्पनीका अनुसार चालकले आफूलाई उपयुक्त हुने हिसाबमा विभिन्न भू–भागमा गाडी सजिलै चलाउन सक्नेछन्। त्यस्तै कम्पनीले यात्रु सुरक्षामा पनि विशेष ध्यान दिएको बताइएको छ।
टाटाले पछिल्लो समय ग्लोबल एनक्याप क्र्यास टेस्टमा पनि राम्रो प्रस्तुति देखाएको छ। केही महिना अघि मात्रै सार्वजनिक टाटाको विद्युतीय टाइगोरले सो टेस्टमा ४ स्टार रेटिङ पाएको थियो। क्र्यास टेस्टमा ५ रेटिङसम्म हुन्छ। यसहिसाबमा विद्युतीय टाइगोरले राम्रो रेटिङ पाएको छ।
नयाँ पन्च एएलएफए(एआरसी ९एजाइल लाइट फ्ल्यक्जिबल आर्टिटेक्चर० प्रविधिमा बनेको पहिलो गाडी हो। जुन २।० डिजाइन भाषामा तयार भएको छ।
गाडीको बाहिरी आवरण केही समय अघि नै सार्वजनिक भएको हो। गत अगस्टमा सार्वजनिक गाडीको बाहिरी आवरण निकै बोल्ड देखिन्छ। यसमा ह्यारिअर गाडीमा भएको जस्तै एलइडी डे टाइम रनिङ लाइट छन्। गाडीको अगाडि भाग निकै सानदार देखिन्छ। त्यस्तै गाडीमा अलोय ह्विल छन् जसले गाडीको सुन्दरतालाई बढाएको छ।
टाटाको नयाँ माइक्रो एसयुभी पन्चले बजारमा मारुती सुजुकीको इग्निससँग प्रतिस्पर्धा गर्नेछ।