विश्व विद्युतीय गाडी दिवसको उपलक्ष्यमा निशान कम्पनीले नेपाल, भुटान र श्रीलंकाको बजारमा विद्युतीय सवारी साधनको सहज उपलव्ध गराउन र भविष्यमा दिगो वातावरणीय स्थिति कायम राख्न भर्चुअल सेसनको आयोजना गरेको छ।
नेपाल र भुटानमा पर्याप्त जलविद्युतको उपलब्ध भएकोले वातावरणीय एवं आर्थिक पक्षमा दरिलो वातावरण संरक्षणको सम्भावना छ। निशानको उद्देश्य यस क्षेत्रको जनताका लागि उपयुक्त सवारी साधन उपलब्ध गराउने, सामाजिक आर्थिक लाभ दिलाउने रहेको छ।
निसानले नेपालका लागि हालै मात्र शून्य प्रदूषणमा आधारित लिफ इभी निसान कार विशेष छुट मूल्य ५९ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराएको छ।
निशान लिफ ई भी विद्युतीय सवारी साधन सन् २०१० मा उत्पादन भएको थियो। निशान लिफ गाडीले समग्रमा २.५ विलियन किलोलिटरको यात्रा तय गरिसकेका छन्, जसले १.२ मिलियन टन कार्वन घटाउन मद्दत पुर्याएको कम्पनीको तथ्यांक छ।
यसको तुलना ९ करोड रुखबाट पाईने अक्सिजनसँग गर्न सकिन्छ।
'हाम्रो उद्देश्य कम मात्रामा वातावरणीय असर गर्ने सवारी साधन उपलब्ध गराएर ग्राहकको जीवनस्तर उठाउने रहेको छ। त्यसैको सन्दर्भमा शून्य प्रदूषणमा आधारित निशान लिफ दक्षिण एशियाको बजारमा उधपलब्ध गराउन लागिएको हो,' निशान इण्डिया अपरेशनका अध्यक्ष सिनान ओजकोकले भने।
यो गाडी ७.९ सेकेण्डमा १०० किमी प्रतिघण्टाका दरले गुड्न सक्छ भने टप स्पीड १४० किमी प्रतिघण्टा छ।
'प्रारम्भिक मुल्य ५९ लाख ९९ हजार रुपैयाँ कायम गरेका छौं। बजारबाट अति राम्रो प्रतिकृया पाएको हुनाले निशान लिफको ग्राहक वर्गमा प्रत्येक्ष अनुभव गराउनको लागि भदौ २८ गते देखि काठमाडौं स्थित शोरुमहरुमा साताव्यापी टेष्ट ड्राईभको व्यवस्था गरेका छौं,' पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दिप कुमार शारदाले बताए।
निसान लिफ सवारी विद्युतीय स्टेसनमा चार्ज गर्न सजिलो छ। आफ्नै घरमा रहेको डेडिकेटेट वालमा चार्ज गर्दा १५ देखि १८ घण्टामा पूरा चार्ज हुन्छ भने छिटो चार्ज गर्न आवश्यक पर्दा चार्जिङ स्टेसनमा ४० देखि ६० मिनेटमा फुल चार्ज गर्न सकिन्छ।