किया इन्डियाले बिहिबार नयाँ कार्निभल एमभिपी सार्वजनिक गरेको छ।
नयाँ अपडेटसहितको कार्निभलमा कियाको नयाँ कर्पोरेट लोगो छ। जुन यसभन्दा अघि कियाले सेल्टस र सोनेट एसयुभीमा प्रयोग गरेको थियो। नयाँ लोगोसहितको कार्निभल निकै आरामदायी गाडी हो। यो लिमोसिन र लिमोसिन प्लस भेरियन्टमा उपलब्ध छ।
विशेषमा किया कार्निभल लिमोसिन, लिमोसिन प्लस, प्रेस्टिज र प्रिमियम गरेर चार ट्रिममा सार्वजनिक भएको छ। कम्पनीले यसको सुरुवाती बजार मूल्य भारु २४ लाख ९५ हजार तोकेको छ।
नयाँ अपडेट भएर सार्वजनिक कार्निभलमा कम्पनीले विभिन्न नयाँ फिचरहरू समावेश गरेको छ। गाडीमा भिआइपी प्रिमियम लेदर सिटहरू छन्। यसमा ओटिए म्याप अपडेट पाउन सकिन्छ। गाडीको सिटहरू आरामदायी हुनुका साथै यसमा पर्याप्त खाली स्पेसहरू पनि छन्।
यसको लिमोसिन भेरियन्टमा मनोरञ्जन प्रविधिसहितको १०.१ इन्चको पछाडिको सिट छ। गाडीमा भाइरस प्रोटेक्सनसहितको स्मार्ट प्योर एयर प्युरिफायर छ।
लिमोसिन प्लस भेरियन्टमा ८ स्पिकर साउन्ड सिस्टम, विद्युतीय पार्किङ ब्रेक, १० तरिकाले मिलाउन सकिने ड्राइभर सिट, ड्राइभर सिटमा भेन्टिलेसन, हाइलाइन टिपिएमएस, १०.१ इन्चको डुअल रिअर सिटलगायत विशेषताहरू छन्।
गाडीमा एन्ड्रोइड अटो र एप्पल कारप्लेसहितको ८ इन्चको टचस्क्रिन छ।
किया इन्डियाका कार्यकारी निर्देशक एवम् चिफ सेल्स तथा बिजनेस स्ट्रयाटेजी अफिसर ताई जिन पार्कले नयाँ किया कार्निभलले ग्राहकको माग र अपेक्षा पुरा गर्ने विश्वास राखेको छन्।
उनका अनुसार हालसम्म कम्पनीले झन्डै ८ हजार वटा कार्निभलको बिक्री गरेको छ। नयाँ अपडेटसहितको कार्निभलसँगै गाडीको बिक्री समेत बढ्नेमा कम्पनी आशावादी छ।