चिनियाँ ब्रान्डको अफरोड बाइक मोटरहेड मोटरसाइकल सार्वजनिक भएको छ।
मोटरहेड मोटरसाइकलको आधिकारिक बितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रालिले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मोटरसाइकल सार्वजनिक गरेको हो।
शुक्रबार सार्वजनिक भएको मोटरसाइकल टेक्कन आर २५० नेपाली बजारमा ४ लाख ५ हजार रुपैयाँ पाइने छ भने यसमा २२३ सीसी क्षमताको इन्जिन रहेको छ।
यो बाइकले अधिकतम १२.५ किलोवाट पावर र टर्क १७ एनएम दिने बताइएको छ । एसएलआर टेक्नो एन्ड ट्रेड कम्पनिले विगत ५ बर्षदेखि मोटरहेड ब्रान्डको डार्ट, क्रसओभर र स्क्र्याम्ब्लर सेग्मेन्टका बाइकलाई बिक्रि गर्दै आएको छ।
फराकिलो र ठूलो टायर, उच्च ग्राउन्ड क्लियरेन्स, उच्चतम पर्फमेन्स र आरामदायी फिचर्स भएको मोटरहेड मोटरसाइकल नेपालको सबै भूगोलका लागि उपयुक्त हुनुको साथै युवाहरु माझ लोकप्रिय बन्दै गएको कम्पनीले बताएको छ।
मोटरहेड मोटरसाइकल देशका बिभिन्न १४ स्थानमा रहेको डिलर आउटलेटबाट खरिद गर्न सकिने छ ।