नेपालका लागि टिभिएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले आजबाट टिभिएस ग्राण्ड दसैं एक्सचेञ्ज मेला सुरु गरेको छ।
मेला आजबाट असोज ६ गतेसम्म ६ दिनका लागि भृकुटीमण्डपमा आयोजना हुने भएको हो। मेलामा उपहारको वर्षासँगै ग्राहकले कुनै पनि कम्पनिको मोटरसाइकल वा स्कुटरको सट्टामा टिभिएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर जान सक्ने कम्पनीले जानकारी दिएको छ।
मेलामा ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्यभन्दा थप १० हजारसम्म मुल्यांकन पाउने छन्।
त्यस्तै नयाँ सवारी खरिद नगरी १ लाखसम्म र किनिसकेपछि १० लाखसम्मको आकर्षक उपहार प्राउन सक्नेछन्।
यो मेला किस्ताबन्दीमा सवारी किन्न चाह्नेका लागि समेत उत्साहजनक रहेको र प्रि-बुकिङ गरे मात्र पनि ग्राहकले २ हजार रुपैयाँ बराबरको आकर्षक उपहार पाउने कम्पनीले बताएको छ।
योजनाको मुख्य आकर्षण एक्सचेन्जमा इएमआइ अफर रहेको छ। जहाँ ग्राहकले कुनै पनि कम्पनिको पुरानो मोटरसाइकल वा स्कुटरसँग त्यसको मुल्यांकन बराबरको रकम डाउन पेमेन्ट स्वरुप तिरेर बाँकी रकम इएमआइको सुरुवाती दर ५ हजार ९ सय ९९ रुपैयाँ मासिक रुपमा तिरेर नयाँ मोटरसाइकल वा स्कुटर लैजान सक्ने छन्।
यस अफरले पुरानो सवारीको सट्टा नयाँ सवारी घर लैजान इएमआइ र क्यास दुवैको माध्यमबाट विकल्प प्रस्तुत गरेको छ। त्यसका साथै यस एक्सचेन्ज अफरमा टेस्ट राइड गरेमात्र पनि ग्राहकले पक्का-पक्की उपहार प्राप्त गर्ने छन्।
मेलाको उद्घाटन गर्दै शंकर ग्रुप तथा जगदम्बा मोटर्सका अध्यक्ष शाहिल अग्रवालले भने 'टिभिएसले सधैं नेपाली अटोमोबाइल प्रेमीको चाहना मध्यनजर गर्दै बजारमा नयाँ प्रविधिका मोटरसाइकल तथा स्कुटर ल्याउने गरेको छ। यस एक्सचेन्ज मेलाले ग्राहकलाई नयाँ सवारी का साथ बडादसैंमा थप खुसियाली प्रदान गर्नेमा हामी विश्वस्त छौं।'