चिनियाँ अटो मोबाइल ब्रान्ड चांगन अटो काठमाडौंमा विश्वस्तरीय शोरूमका साथ आउने भएको छ।
चांगन अटोमोबाइल तिब्र गतिमा बढिरहेको एक अटोमोबाइल कम्पनी हो। जुन ६० भन्दा बढी देशहरुमा पहिचान बनाउन सफल भएको छ।
आफूलाई सर्वोत्तम बनाउन कम्पनीले सेवा र सुबिधाको गुणस्तर कायम गर्दै डिजाइन र प्रविधिमा विशेष जोड दिएको छ।
काठमाडौं सहरमा चांगनको शोरुम पर्याप्त पार्किङ क्षेत्र सहित ३ रोपनी क्षेत्रफलमा निर्माण गरिने भएकोछ।
यस कम्पनीको निर्माण हुनलागेको विलासी डिजाइनको शोरुम दुवै भित्र र बाहिरबाट उच्चस्तरीय हुने भएकाले यसले ग्राहकहरुको अनुभवमा नयाँ परिभाषा दिने कम्पनीको दावी छ।