नेपालको लागि ग्रेट वाल मोटर्सको आधिकारिक विक्रेता भिजी इम्प्लेक्स प्रा. लिले यसपालिको चाडपर्व विशेष अफर सार्वजनिक गरेको छ। कम्पनीले दशैं, तिहार र छठ पर्वको उपलक्ष्यमा ग्राहकलक्षित ६ लाखसम्मको फाइदा हुने ‘चाडपर्वको उमङ्ग हभाल र पोइर चढी दङ्ग’ अफर उपलब्ध गराएको हो।
उक्त योजनाअन्तर्गत कम्पनीले ग्राहकलाई आकर्षक नगद छुट, एक वर्षको निः शुल्क सडक कर, निः शुल्क एसेसरिज, सहज फाइनान्सको सुविधा र एक वर्षको विस्तृत बिमा सुविधा उपलब्ध गराउने भएको हो।
यो अफर जिडब्ल्युएमको थर्ड जेन हाभल एच६ र हभाल जोलिओनमा उपलब्ध हुनेछ। साथै यो पिकअप पोइरमा पनि उपलब्ध हुनेछ। यी गाडीहरूमा भएको हाइ–टेक विशेषताहरू गाडीको सबैभन्दा आकर्षक पक्ष हो।
कम्पनीले हभालका सबै गाडीमा ५ वर्षको र पोइर गाडीमा ३ वर्षको वारेन्टी उपलब्ध गराउँदै छ।
थर्ड जेन हभाल एच ६
बढी पावर र थुप्रै लक्जरी विशेषता भएको थर्ड जेन हभाल एच–६ एसयुभी हो। यसमा २.० लिटर पेट्रोल टर्बो इन्जिन जडान छ। यसले १५० किलोवाटको पावर र ३२० एनएमको टर्क जेनेरेट गर्छ। ७२ प्रतिशत उच्च गुणस्तरीय स्टिलले बनेको यो गाडीको बनावट निकै मजबुत र स्थिरता प्रदान गर्ने खालको रहेको कम्पनीको भनाइ छ।
यसको बाहिरी र भित्री आवरण आकर्षक छ। यसमा भएको पानोरामिक सनरुफ, अटोमेटिक वाइपर, मल्टी फंसनल स्टेरिङ, आठ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, ताररहित चार्जिङले गाडीलाई नयाँ स्वरुप दिन्छ।
गाडीमा १२.५ इन्चको टचस्क्रिन र १०.५ इन्चको इन्स्ट्रुमेन्टल क्लस्टर छ।
गाडीमा आठ वटा एअर ब्याग, ३६० डिग्री हेर्न मिल्ने क्यामरा, एचएचसी (हिल होल्ड कन्ट्रोल), एबिएस प्लस इबिडी सुविधा र एन्टि–कोलिजन संयन्त्र, जस्तै एससिएम (सेकेन्ड कोलिजन संयन्त्र) र एफएम (फर्वार्ड कोलिजन संयन्त्र) ले दूर्घटनाको सम्भावना कम गर्ने कम्पनीले दाबी गरेको छ।
यसमा भएको इन बिल्ट इन्टेलिजेन्ट मोबिलिटीले अधिकतम स्पीडमा एल–२ स्तरको अटोमेटिक एसिसी ड्राइभको आनन्द प्रदान गर्छ। ट्राफिक सिग्नल चिन्ने र लेनमा रही रहने व्यवस्थाले गाडी गुडाउने चालकलाई सुरक्षा र गाडीमाथि आफ्नो पूर्ण नियन्त्रणमा भएको अनुभूति दिनेछ। त्यस्तै गाडीको भित्री बनावट, लेदर सिट र खुला रूपमा खुट्टा राख्न मिल्ने ठाउँले चालक र गाडी चढ्ने हरेकलाई सहज अनुभूति दिन्छ।
थर्ड जेन हभाल एच–६ तीन रङमा उपलब्ध छ। हेमिल्टन ह्वाइट, अयर्स ग्रे र अट्लान्टिक ब्लु। कम्पनीले यसको सुरूआती मूल्य १ करोड ३ लाख ९९ हजार ९ सय ९९ रूपैयाँ तोकेको छ।
हभाल जोलिओन
हभाल जोलिओनको मोडल पनि तीन संस्करणमा बजार प्रवेश गरेको छ। गाडीमा भएको १.५ लिटरको टर्बो पेट्रोल इन्जिनले ११० किलोवाट पावर र २२० एनएमको टर्क जेनेरेट गर्छ।
यसमा भएको १३३ एमएमको ग्राउन्ड क्लियरेन्सले गाडी नेपालको जस्तो जुकै सडकमा सजिलै चलाउन सकिने कम्पनीको दावी छ। गाडीमा चार किसिमको ड्राइभ मोड र विद्युतीय पार्किङ ब्रेकिङ प्रविधि छ। त्यस्तै गाडीको ७३ प्रतिशत भाग उच्च गुणस्तरीय स्टीलले बनेकाले यसमा भिन्न र मजबुत स्थिरता तथा सुरक्षा प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ।
हभाल जोलिओनमा पानोरामिक सनरुफ, अटोमेटिक वाइपर, मल्टी फंसनल स्टेरिङ र पेडल सिफ्टर, ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आठ वटा एअर ब्याग, आरामदायी लेदर सिट एबिएस, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल, इभेन्ट डाटा रेकर्डर, टच स्क्रिन र एन्टी–कोलिजन संयन्त्र जस्ता विशेषता छन्।
त्यस्तै गाडीको अगाडि भागमा, एलइडी लाइट र पछाडि फग लाइट छ। हभाल जोलिओन पाँच रङमा उपलब्ध हुनेछ( ब्लु (निलो), ब्ल्याक (कालो), ग्रे (खरानी रंग), हेमिल्टन ह्वाइट (सेतो) र मार्स रेड (रातो)। गाडीमा १८ इन्चको अल्मुनियम अलोय ह्विल छ।
कम्पनीले यो गाडीको सुरूवाती मूल्य ५७ लाख ९९ हजार ९सय ९९ रूपैयाँ तोकेको छ।
पोइर पिक–अप
कम्पनीले दुइटा एसयुभीसँगै एउटा पिक(अप सेक्सनको गाडी सार्वजनिक गरेको हो। पोइर पिक(अप मोडल दुइटा संस्करण) एलिट र पाइलटमा सार्वजनिक भएको हो।
यो गाडीमा भएको २.० लिटरको डिजल इन्जिनले अधिकतम १२० किलोवाटको पावर र ४०० एनएमको टर्क जेनेरेट गर्छ। गाडीको ८४ प्रतिशत आवरण उच्च गुणस्तरको स्टिलले बनेको कम्पनीको भनाइ छ।
पिक–अप सेग्मेन्टमध्ये यो पोइरमा सनरुफ छ। गाडीलाई चाबी बिना स्टार्ट गर्न सकिन्छ। गाडीमा ६ तरिकाले मिलाउन मिल्ने ड्राइभर सिट, आठ वटा एअर ब्याग, लेदर सिट, हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल, भेइकल स्टेबिलिटी कन्ट्रोल, ९ इन्चको टच स्क्रिन र एन्ड्रोइड सपोर्ट जस्ता विशेषता छन्। गाडीको अगाडि भागमा एलइडी लाइट र पछाडि भागमा फग लाइट पनि छ।
कम्पनीले पोइर पिक–अपको मूल्य ७० लाख ९९ हजार ९ सय ९९ रूपैयाँ तोकेको छ।