बजारमा मोटरहेडका बाइकहरू युवामाझ लोकप्रिय छ। कम मूल्यमा विभिन्न सेगमेन्टका बाइक उपलब्ध गराउँदै आएको मोटरहेड नेपालले छोटो समयमै बजार पाएको छ। मोटरहेडको डर्ट सेग्मेन्ट र क्रसओभरले बजारमा विशेष स्थान पाएको छ।
नेपालको लागि मोटरहेड बाइकको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेड प्रा. लि हो। कम्पनीका महाप्रबन्धक उज्वल जोशीका अनुसार मोटरहेडका बाइक ३ लाख ५ हजार रुपैयाँदेखि ४ लाख ५५ हजार रुपैयाँसम्म उपलब्ध छ। यसको सबैभन्दा सस्तो बाइक एमएच १५० आर र महंगो बाइक स्क्र्यामब्लर्र हो।
दशैं विशेष कम्पनीले ‘पर्व खुशीको, पर्व विश्वास’को नारासहित चाडपर्व योजना सार्वजनिक गरेको छ। उक्त योजना भदौं २४ गतेदेखि सुरू भएको हो। यो कात्तिक २४ गतेसम्मलाई लागु हुनेछ। योजनाअन्तर्गत ग्राहकले कुनै पनि मोडलको बाइक खरिदमा ८ हजार रुपैयाँदेखि १२ हजार रुपैयाँसम्मको नगद छुट पाउन सक्छन्।
त्यस्तै योजना सकेको केही समयमै कम्पनीले तीनजना भाग्यशालीलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ। जसअन्तर्गत पहिलो विजेताले एक लाख, दोस्रो विजेताले ५० हजार र तेस्रो विजेताले २५ हजार पाउनेछन्।
महामारीले थलिएको अटो बजार गत असारदेखि चलमलाउँदैछ। यस्तैमा मोटरहेड नेपालले पनि आफ्नो बजार विस्तार गरिरहेको कम्पनीका महाप्रबन्धक उज्वल बताउँछन्।
‘लकडाउन खुलेसँगै बाइकको बिक्री बढेको छ। विशेषमा युवा पुस्ता डर्ट र क्रसओभर सेगमेन्टमा आकर्षित छन्,’ उनी भन्छन्, ‘हामी अहिले तीन सेगमेन्टमा सातवटा मोडलको बाइक उपलब्ध गराउँदछौं।’
महाप्रबन्धक उज्वलका अनुसार कम मूल्यमा राम्रो विशेषताहरू भएको बाइक उपलब्ध गराएको हुँदा मोटरहेडको बाइकलाई ‘भ्यालु फर मनी’ भन्दा फरक पर्दैन।
मोटरहेडका विभिन्न मोडलको मूल्य यस प्रकार छः
मोडल | मूल्य |
एमएच १५० | ३,०५,००० |
एमएच २०० | ३,७५,००० |
स्पोर्टस् अफरोड | ३,६८,००० |
स्पोर्टस् रोड | ३,७०,००० |
एक्स टर्क | ३,९०,००० |
टेकेन २५० | ३,९५,००० |
टेकेन आर२५० | ४,०५,००० |
स्क्र्यामब्लर्र | ४,५५,००० |