एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्राइभेट लिमिटेडले हेक्टर २०२१ शाइन भेरियन्टको बुकिङ औपचारिक रुपमा सुरू गरेको छ।
भारतीय बजारमा लन्च भएपछि यो गाडीले सनसनी मच्चाएको थियो। अब हेक्टर नेपाली बजारमा भित्रिन तयार भएको छ।
यो एसयुभी अल–न्यू बोल्ड फ्रन्ट क्रोम ग्रिल, एलईडी हेडल्याम्प, स्टाइलिश आर १७ सिल्वर एलोइ, इलेक्ट्रिक सनरूफ, पुश बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक र अन्य थुप्रै सुविधाहरुका साथ उपलब्ध हुनेछ।
यो गाडी स्टनिङ २६.४ सेन्टिमिटरको एचडी टचस्क्रिन एभीएन प्रणालीको साथ आउँछ। साथै हभाना ग्रे, क्यान्डी ह्वाइट, स्टारी ब्ल्याक र अरोरा सिल्वर कलरमा गाडी उपलब्ध हुनेछ।