डी-लाइफस्टाइलले नेपाल विद्युत प्राधिकरणलाई सुपर सोको १५ वटा प्रीमियम इलेक्ट्रिक वाइक हस्तान्तरण गरेको छ।
जनवरीदेखि नेपालमा बिक्री सुरु गरेको सुपर सोको टिएसएक विद्युतीय बाइकले ८ महिनामा ५० भन्दा बढी बाइक बिक्री गरिसकेको कम्पनीले जनाएको छ।
हाल विद्युतीय सवारी बजार मागको आधारमा कम्पनीले यस चाडपर्वको अन्त्य सम्म १ लाखभन्दा बढी बाइक बेच्नेमा आशावादी देखिएको बताएको छ।
कम्पनीले हाल नेपाली बजारमा चारवटा मोडलहरु ल्याएको छ। सेप्टेम्बर २०२१ का मोडलका रुपमा कम्पनीले सियुएक्स टिसी म्याक्स र सिपीएक्स मोडलका बाइकहरु उपलब्ध गराएको जनाएको छ।