एउटै प्रदेशभित्र चल्ने सार्वजनिक सवारीको भाडा पनि नबढ्ने भएको छ।
एक सूचना जारी गर्दै यातायात व्यवस्था विभागले २०७८ असार २९ गतेदेखि लागू गरेको भाडादर समायोजन पनि लागू नहुने बताएको हो।
प्रदेश तथा स्थानीय तहबाट कानूनअनुसार भाडादर समायोजन नभएसम्म एउटै प्रदेश तथा स्थानीय तहभित्र सञ्चालन हुने सार्वजनिक सवारीको भाडा पनि नबढ्ने विभागको भनाई छ।
त्यस्तै पछिल्लो समय सार्वजनिक सवारी साधनले यात्रुहरुबाट मनोमानी भाडा असुल गरेको पाइएको छ।
यसरी तोकिएभन्दा बढी भाडा असुल गरेको गुनासो बढेको यातायात व्यवस्था विभागले जनाएको छ।
मनोमानी भाडा असुल गर्ने सवारीलाई कानुनअनुसार कारबाही हुने चेतावनी विभागले दिएको छ।