बजाज मोटरसाइकलको नेपालका लागि अधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘फाइदा मोर, टेन्सन नो मोर’ योजनाका साथ महामेला ल्याएको छ।
यो अफरं असोज १७ गते देखि असोज २३ गते सम्म काठमाडौँको भृकुटी मण्डपमा चल्नेछ।
अफरअन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो बाइकसँग नयाँ बजाज बाइक साट्न सक्नेछन्।
जसमा १८ बढी भ्यालुएटरहरु रहेका छन्। कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसन भन्दा १० हजार रुपैँया थप गरेको कम्पनीले बताएको छ।
यसका अतिरिक्त, बजाज नेपालले ५० प्रतिशत डाउन पेमेन्ट मा शून्य प्रतिशत ब्याज, निःशुल्क एसेसरिज र निःशुल्क जाँच शिविर पनि सञ्चालन गर्नेछ।
एक भाग्यशाली विजेताले सामसङ एम सीरीज मोबाइल र लक्की डोर प्राइज जित्ने मौका पाउनेछन् ।
मेगा इभेन्टमा थुप्रै कलाकारहरुको प्रस्तुतिसमेत राखिएको कम्पनीले बताएको छ।