महिन्द्राले भारतीय बजारको लागि नयाँ एसयुभी एक्सयुभी७०० को बुकिङ खुलाएको छ। कम्पनीले केही समयअघि मात्रै यो एसयुभीको विभिन्न भेरियन्टको मूल्य सार्वजनिक गरेको थियो।
महिन्द्रा एक्सयुभी–७०० एमएक्स, एएक्स३, एएक्स५ र एएक्स७ गरेर चार भेरियन्टमा उपलब्ध छ। यो नयाँ एसयुभी पेट्रोल र डिजेल दुवै इन्जिन विकल्पमा उपलब्ध छ। त्यस्तै गाडी म्यानुअल र ट्रान्समिसन दुवै विकल्पमा उपलब्ध हुनेछ। यी गाडीहरूको सुरुवाती मूल्य भारु ११ लाख ९८ हजारदेखि सुरू हुने भनिएको छ।
गाडीमा २,१९८ सिसीको इन्जिन हुनेछ। जसले अधिकतम १९७.१३ बिएचपी पावर जेनेरेट गर्छ। गाडी ५ र ७ सिट विकल्पममा उपलब्ध छ। कम्पनीले चालक र यात्रु सुरक्षाको लागि गाडीमा ७ वटा एयरब्याग राखेको छ। त्यस्तै गाडी चलाउ सजिलो र बस्न पनि आरामदायी छ।
महिन्द्राले गत मंगलबार गाडीको दुई वटा नयाँ टप–इन्ड लक्जरी एएक्स–७ डिजेल भेरियन्टबारे पनि सार्वजनिक गरेको थियो। लक्जरी प्याकमा थ्री–डी साउन्ड सिस्टम, स्मार्ट ढोकाको ह्यान्डल, ३६० डिग्री हेर्न मिल्ने क्यामेरा प्रविधि, विद्युतीय पार्क ब्रेक, ड्राइभर एयरब्याग, किलेस इन्ट्री, वायरलेस चार्जिङलगायत विशेषताहरू छन्।