चाडपर्व नजिएसँगै विभिन्न सवारी निर्माण कम्पनीले नयाँ मोडलका सवारी साधन सार्वजनिक गर्दैछन्। विशेष भारतीय बजारमा विभिन्न ब्रान्डका दुई पाङ्ग्रे सवारी सार्वजनिक हुने क्रम बढेको छ।
दुई पाङ्ग्रे सवारी निर्माण कम्पनी रोयल इन्फिल्डले पनि दिपावली लक्षित नयाँ मोडलका बाइकहरू सार्वजनिक गर्ने भएको छ। कम्पनीले केही समय अघि मात्रै नयाँ -जेनेरेसनको क्लासिक ३५० सार्वजनिक गरेको थियो।
दिपावली लक्षित भारतमा सार्वजनिक हुने रोयल इन्फिल्डका बाइकहरू यस्ता छन्ः
स्क्राम ४११-
भारतीय बजारको लागि स्क्राम ४११ अर्को साता सार्वजनिक हुने भनिएको छ। यो रोयल इन्फिल्ड हिमालयन जस्तै सडक-उन्मुख भर्सन हुनेछ।
बाइकको बाहिरी आवरण केही समय अघि नै सार्वजनिक भएको थियो। हेर्दा निकै सानदार यो बाइकमा इन्फिल्ड हिमालयनमा भएकै इन्जिन र चेसिस हुनेछ।
४११ सिसी क्षमता भएको उक्त इन्जिनले ६,५०० आरपिएममा २४.३१ पिएस पावर र ४,००० देखि ४,५०० आरपिएममा ३२ एनएमको टर्क जेनेरेट गर्छ। सुरक्षाको लागि बाइकमा थुप्रै विशेषताहरू भएको बताइएको छ। तर कम्पनीले बाइकको विशेषता र मूल्यबारे थप केही खुलाएको छैन।
६५० ट्विन एनिभर्सरी एडिसन-
रोयल इन्फिल्डले २०२१ मा आफ्नो १२० औं वार्षिकोत्सव मनाएको छ। यही अवसरमा कम्पनीले इन्सेप्टर ६५० र कन्टिनेनटल जिटी ६५० को विशेष संस्करण सार्वजनिक गर्दैछ।
नयाँ संस्करणका बाइक हाल बजारमा उपलब्ध इनसेप्टर ३५० र कन्टिनेनटल जिटी ६५० भन्दा महंगो हुने अनुमान लगाइएको छ।
इनसेप्टर ६५० र कन्टिनेन्टल जिटी ६५० दुवैमा ६४८ सिसी डिसप्लेसमेन्ट रहेको छ। जसले ४७ बिएचपी पावर र ५२ एनएम टर्क जेनेरेट गर्छ।
रोयल इनफिल्ड क्रुसर ६५० (सर्टगन)-
भारतको सडकमा ६५० सिसी प्याररल-ट्विन क्रुसरको टेस्ट राइड गरिएको देखिएको छ। त्यसैले यो बाइक पनि दिपवाली लक्षित नै सार्वजनिक हुने अनुमान लगाइएको छ।
यसलाई सम्भवत सर्टगन भनेर नामकरण गरिनेछ। सर्टगन सार्वजनिक भएसँगै यसले कवासाकी भुल्क्यान एससँग प्रतिस्पर्धा गर्नेछ। कम्पनीले यो नयाँ बाइकको विशेषता र मूल्य हालसम्म भने सार्वजनिक गरेको छैन।
दुई पाङ्ग्रे सवारीमध्ये रोयल इन्फिल्डले यतिबेला राम्रो बजार लिएको छ। भारतसँगै नेपालमा पनि रोयल इन्फिल्डको बिक्री बढेको कम्पनीले बताएको छ। हालै मात्र नेपालमा रोयल इनफिल्डका
केही मोडलहरूमा मूल्यवृद्धि पनि देखिएको छ।