सानिमा बैंक लिमिटेडले बिहीबार काठमाडौंको चपली र भक्तपुरको बालकोटमा बैंक कार्यालय स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको छ।
चपली कार्यालयको समुद्घाटन बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठ र बुढानिलकण्ठ नगरपालिका वडा नं ७ का अध्यक्ष बस बहादुर महर्जनले संयुक्त रुपमा गरे।
यसैगरी बालकोट कार्यालयको समुद्घाटन सूर्यविनायक नगरपालिकाकी उपमेयर जिना बस्नेत र सूर्यविनायक नगरपालिका वडा नं. २ का अध्यक्ष कमल नाथ आचार्यले संयुक्त रुपमा गरे।
समुद्घाटन् समारोहमा सानिमा बैंकका अध्यक्ष बिनय कुमार श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे।
सानिमा बैंकको देशका सातै प्रदेशमा ११६ कार्यालय र ९७ वटा एटिएम संचालनमा छन्।