टाटाको पन्चले सुरक्षा परीक्षणमा ग्लोबल एनक्याप पाँच स्टार रेटिङ पाएको छ। योसँगै गाडी चालक र यात्रुको लागि सुरक्षित रहेको प्रमाणित भएको छ। यसभन्दा अघि टाटा नेक्सन र टाटा अल्ट्रोजले ग्लोबल एनक्यापमा पाँच स्टार रेटिङ पाएका छन्।
सुरक्षा हिसाबमा पाँच स्टार पाएको टाटा नेक्सन पहिलो भारतीय गाडी हो। ‘स्टेट अफ आर्ट टेक्नोलोजी’ अवधारणामा तयार गरिएको यो गाडी आकर्षक हुनुका साथै आरामदायी पनि छ। टाटा अल्ट्रोजले पनि नेसनल लन्चको बेलामै पाँच स्टार ग्लोबल एनक्याप एडल्ट रेटिङ पाएको हो।
हालै सुरक्षा रेटिङमा पाँच–स्टार पाएको टाटा पन्च भारत र नेपाली बजारमा सुपथ मूल्यको एसयुभीको रूपमा स्थापित छ। भारतीय बजारमा सुरक्षाका कोणबाट सबैभन्दा रुचाइएका टाटाका कारहरू पछिल्लो समय नेपालमा लोकप्रिय बन्दैछ।
सुरक्षाका मापदण्डका आधारमा टप ८ कारहरूमध्ये टप ६ कार टाटाका उत्पादनहरू छन्। सुरक्षाका दृष्टिले टाटाका ३ वटा भेरियन्टले चार–स्टार पाएका छन्। त्यस्तै टियागो, टिगोर र विद्युतीय टिगोरले चार–स्टार रेटिङ पाएको छ। यस हिसाबममा टाटाका कारहरू सुरक्षा परीक्षणमा माइलस्टोन साबित भएका छन्।