चांगनको युनी-टी मोडलले सीएनक्याप परिक्षणमा पाँच–स्टार रेटिङ पाएको छ। चिनियाँ अटोमोबाइल निर्माता कम्पनी चांगनले चाइना अटोमोटिभ टेक्नोलोजी एन्ड रिसर्च सेन्टरद्वारा प्रकाशित नतिजा अनुसार पाँच–स्टार रेटिङ पाएको हो।
चांगन अटो उच्चस्तरीय डिजाइन र प्रविधिको सन्दर्भमा निकै प्रतिष्ठित छ। सीएनक्यापको नतिजासँगै गाडी पूर्ण रुपमा सुरक्षित हुने पुष्टी भएको छ।
विश्व प्रख्यात चीनको नम्बर एक प्यासेन्जर ब्रान्ड चांगन अटो नेपाली बजारमा समेत छिट्टै भित्रिने बताइएको छ। यसको आधिकारिक वितकर एकएडब्ल्यु हुनेछ। र कम्पनीले प्रिमियम संस्करणका गाडी सार्वजनिक गर्दै चांगन नेपाली बजारमा भित्र्याउनेछ।