भेस्पा भन्ने बित्तिकै क्लासिक दुई पाङ्ग्रे स्कुटर भन्ने बुझाइ छ। नेपाली बजारमा युवा पुस्तामाझ भेस्पाले राम्रो चर्चा कमाएको छ। नेपालको लागि भेस्पा र अप्रिलियाको आधिकारिक वितरक दुगर ब्रदर्स एन्ड सन्स हो। कम्पनीका अनुसार भेस्पाका विभिन्न मोडलले नेपालमा राम्रो छवि बनाएको छ।
नेपालमा भेस्पाको नोट, एक्सएल, भिएक्सएल, एसएक्सएल,एसएक्सएल म्याट र स्पेसल एडिसन एलिगेन्ट गरेर ६ मोडलमा स्कुटर उपलब्ध छ। यी सबै १२५ सिसीभन्दा माथिका स्कुटर हुन्। यसमध्ये कम्पनीका अनुसार बजारमा १२५ सिसीको एक्सएल निकै रुचाइएको छ।
भेस्पा एक्सएल १२५ मा के–के छन् विशेषता?
इन्जिन प्रकारः सिंगल सिलिन्डर, ३–भल्भ, ४ स्ट्रोक
पावरः ७,५०० आरपिएममा ९.९२ पिएस
टर्कः ५,५०० आरपिएममा ९.६० एनएम
कुलिङ प्रविधिः एयर कुल्ड प्रविधि
टप स्पीडः ९० किलोमिटर प्रति घण्टा
इन्धन क्षमताः ७.४ लिटर
माइलेजः ४५–५० किलोमिटर प्रति लिटर
टायरः ट्युब १० इन्चको ह्विल (अगाडि र पछाडि दुवै)
ब्रेकिङ प्रविधिः कम्बी ब्रेकिङ प्रविधि (अगाडि र पछाडि दुवै ड्रम ब्रेक)
ग्राउन्ड क्लेरेन्ः १५५ एमएम
ह्विल बेसः १,२९० एमएम
स्कुटरको लम्बाईः १,७७० एमएम
स्कुटरको चौडाईः ६९० एमएम
स्कुटरको उचाईंः १,१४० एमएम
सिट उचाईंः ११४०एमएम
डिकी क्षमताः १८ लिटर
स्पीडोमिटर र ओडोमिटरको प्रकारः एनलग
कुल तौलः ११५ केजी
नेपाली बजारमा भेस्पाको यो एक्सएल १२५ कालो, पहेंलो, रातो, निलो, सेतो र गुलावी गरेर ६ रंगमा उपलब्ध छ। कम्पनीले यसको मूल्य जम्मा २ लाख ७३ हजार ९ सय ४६ रुपैयाँ तोकेको छ।