नेपालमा प्रोटन गाडीको लागि एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले पहिलो पटक विशेष ०.९९ प्रतिशत योजना सार्वजनिक गरेको छ। कम्पनीले उक्त योजना गत असोज २४ गतेदेखि लागु गरेको हो। र, यो चाडपर्व मौसमभर लागु हुनेछ। उक्त योजनामा ब्याजदर योजनासँगै अन्य थुप्रै ब्याजदरको विकल्प समावेश गरिएको छ।
नेपालमा बैंकको ब्याजदरमा उताड-चडाव भइरहेको समयमा समेत ०.९९ प्रतिशत योजनाअन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स७० जम्मा ०.९९ प्रतिशत ब्याजदरमा फ़ाइनेन्सिङ्ग गरेर खरिद गर्न सक्नेछन्। उचित कागजपत्र बुझाएको ४८ घण्टाभित्र ग्राहकले आफुले रोजेको प्रोटोन गाडी खरिद गर्न सक्नेछन्।
यस प्रोटोन ०.९९ प्रतिशत योजनाबाहेक ग्राहकहरूले अन्य आकर्षक २.९९ प्रतिशत, ५.९९ प्रतिशत, ८.९९ प्रतिशत र ११ प्रतिशत ब्याजदरमा पनि फ़ाइनेन्सिङ्गको योजनाहरू पाउन सक्नेछन्। जसअन्तर्गत ब्याज अनुसारको किस्ताबन्दीको सुबिधा रहेको छ। यी योजनाहरू सिमित अवधिका लागि लागु हुनेछ। किस्ताबन्दीमा सवारी खरिद गर्नका लागि शंकर ग्रुप अन्तर्गतको जगदम्बा क्रेडिट एन्ड इन्भेस्टमेन्टले इन-हाउस फ़ाइनेन्सिङ्गको सुविधा प्रदान गर्दै आएको छ।
विशेष ०.९९ प्रतिशत अफर समायोजन नगरी प्रोटोन सागाको सुरुवाती मूल्य ३७ लाख ९९ हजार तोकिएको छ भने प्रोटोन एक्स७०को सुरुवाती बजार मुल्य र ८३ लाख ९९ हजार तोकिएको। उक्त योजना काठमाडौं, पोखरा र बुटवलमा भएका प्रोटोनको सोरुममा लागु हुनेछ।
प्रोटोन अटोमोबाइल कम्पनी छोटो समयमै प्रसिद्धि कमाउन सफल मलेशियाको राष्ट्रिय अटोमोबाइल कम्पनी हो। जसले सन् १९८५मा पहिलो गाडीको रुपमा प्रोटोन सागा सार्वजनिक गर्यो। हाल संसारका ७० भन्दा बढी देशहरूमा प्रोटोनका उत्पादनहरूको बिक्री-वितरण हुँदैछ।