कोमाकी इलेक्ट्रिक भेइकलले भारतमा पहिलो पटक विद्युतीय क्रुजर बाइक सार्वजनिक गर्ने घोषणा गरेको छ। दुई पाङ्ग्रे सवारी निर्माण कम्पनी कोमाकीले मंगलबार उक्त घोषणा गरेको हो। भारतीय अखबार एपिएन न्युजका अनुसार कम्पनीले सन् २०२२ को जनवरीमा नयाँ विद्युतीय क्रुजर बाइक सार्वजनिक गर्नेछ।
कम्पनीले यो नयाँ विद्युतीय बाइक किफायती मूल्यमा उपलब्ध गराउने बताएको छ। हाल भारतीय बजारमा कोमाकीको चार थप विद्युतीय बाइकहरू छन्। तर क्रुजर बाइक सार्वजनिक भने पहिलो पटक हुँदैछ। विद्युतीय क्रुजर किफायती हुनुका साथै सहजै पहुँच हुने बताइएको छ। यिनै दुई स्तम्भमा आधारित कम्मनीले नयाँ विद्युतीय बाइक सार्वजनिक गर्ने भएको हो।
‘हामीले यसको लागि निकै लामो समयदेखि काम गर्दैछौं। हरेक प्रकारका ग्राहकको आवश्यकता पुरा गराउन सक्नु नै हाम्रो अन्तिम उदेश्य हो’, कम्पनीका निर्देशक गुन्जन मल्होत्रा भन्छन्, ‘यतिबेला हामी उत्पादनसँगै सवारी साधनको पहुँच बढाउनमा लाग्दैछौं। अझ भारतको पहिलो विद्युतीय क्रुजर बाइक निर्माण कम्पनी हुन पाउँदा निकै खुशी लागेको छ।’
बाइकसँगै कोमाकीले यतिबेला भारतीय बजारको लागि स्कुटर पनि उपलब्ध गराउँदैछ। कोमाकी एक्सजिटी–एक्स१ मोडल सबैभन्दा किफायती मूल्यमा पाइने विद्युतीय स्कुटरमध्ये पर्छ। त्यस्तै यसको टिएन–९५ मोडल सबैभन्दा बढी माइलेज दिने विद्युतीय स्कुटर हो भने एसई मोडलको प्रदर्शनी निकै सानदार छ। यसअर्थ कम्पनीले बाइक तथा स्कुट उत्पादन समय यसको बाहिरी आवरण, प्रदर्शनी, माइलेज, र मूल्यमा विशेष ध्यान पुर्याउँछ।
यतिबेला भारतीय सरकार विद्युतीय सवारी साधन निर्माण र यसको लागि आवश्यक पूर्वाधार विकासमा जोड दिदैँछ। यस्तो समय कोमाकी विद्युतीय सवारी निर्माण कम्पनीले पनि आफ्नो गति बढाउँदैछ।