सुन्दर ट्रेडर्सले बजारमा विद्युतीय (इलेक्ट्रिक) स्कुटर ल्याएको छ। ट्रेडर्सले बिहिबार पाँच वर्ष वारेन्टी भएको इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो।
स्कुटरको ब्याट्री साढे दुई घण्टामा फुल चार्ज हुने कम्पनीले बताएको छ।
कम्पनीका अध्यक्ष भेषबहादुर थापाले बजारमा पाइने अन्य स्कुटरभन्दा आफूले ल्याएका स्कुटरको विशेषता भिन्न भएको बताए। स्कुटरमा जिपिएस सिस्टम जडान गरिएकाले ब्याट्री चार्जको अवस्था प्रयोगकर्ताको मोबाइलबाटै लिन सकिने उनले उल्लेख गरे।
‘कति चार्ज भयो। कति ब्याट्री खपत भयो भन्ने कुरा सवारी धनीले आफ्नै मोबाइलबाट जानकारी लिन सक्छन्,’ उनले भने
अब कम्पनीले पहाडी भेगमा लामो दूरीमा चल्ने विद्युतीय स्कुटर उत्पादन गर्ने तयारी गरिरहेको उनले जानकारी दिए।
कम्पनीले स्कुटरको बुकिङ खुला गरिसकेको छ। पाँच वर्षसम्म निःशुल्क सर्भिसिङ गर्न सकिने उल्लेख गरिएको छ। ८० प्रतिशत फाइनान्स सुविधामा स्कुटर खरिद गर्न सकिन्छ।