नेपालमा चेरी टिग्गो प्रो एसयुभी सार्वजनिक भएको छ। नेपालको लागि चेरी ब्रान्डको वितरक शारदा ग्रुप अन्तर्गतको एसपिजी अटोमोबाइल्स प्रा लि नियुक्त भएको छ। कम्पनीले नेपाली बजारको लागि शुक्रबार एक कार्यक्रम आयोजना गर्दै चरी टिग्गो प्रो एसयुभि सार्वजनिक गरेको हो।
चेरी टिग्गो ४ प्रो एसयुभी तीन भरियन्टमा उपलब्ध छ। पहिलो भेरियन्ट १.५ लिटिर नेच्युरल्ली एस्पिरेटेड म्यानुअल ट्रान्समिसन, दोस्रो १.५ लिटर नेचुरल्ली एस्पिरेटेड सिभिटी र तेस्रो १.५ लिटर टर्बो चार्ज ९ स्पिड गिएर बक्स सिसिटी इन्जिन जडित एसयुभी रहेको छ।
नेच्युरल्सी एस्पिरेटेड इन्जिनले अधिकतम पावर ८५ किलो वाट ९११५ पिएस० र १३८ एनएम टर्क उत्पादन गर्छ। त्यस्तै १.५ लिटर टर्बो चार्ज सिभिटी इन्जिनले अधिकतम पावर ११५ किली वाट ९१४७ पिएस० र २१९ एनएम टर्क जेनेरेट गर्छ। टिग्गो ४ प्रोले प्रति लिटर १४.७ किलोमिटरको माइलेज दिन्छ।
नयाँ टिग्गो ४ प्रो एसयुभीको लम्बाई ४,३१८ एमएम, चौढाई १,८३० एमएम र १,६७० एमएम उचाई छ। त्यस्तै यसको ह्विलबेस जम्मा २,६१० एमएम छ। गाडीको ग्राउन्ड क्लेरेन्स २०० एमएम छ। गाडीको बुट स्पेस ३४० लिटरको छ भने गाडी भित्र ३४ वटा विभिन्न स्टोरेज स्पेस छ।
टिग्गो ४ प्रो एसयुभीमा नयाँ फ्रन्ट फेस र आकर्षक मस्कुलर प्रोफाइल डिजाइनिङ छ। गाडीमा भएको डायमन्ड इन्टेक ग्रिल, क्रिस्टल डायमन्ड लेन्स एलइडी हेडलाइट, जी टाइप डिआरएल र साइड स्कर्टले स्पोर्टी लुक्स दिएको छ। टिग्गो ४ प्रो एसयुभीमा सनरूफ पनि छ।
गाडीको बाहिरी आवरणसँगै भित्री डिजाइनिङ पनि सरल र आकर्षक छ। यसमा डि–टाइप स्पोक मल्टिफङ्सन स्टेरिङ ह्विल, ७ इन्चको एलसिडी मिटर, एप्पल कार प्ले र एन्ड्रोइड अटो सहितको १०।२५ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रिन र रिअर आर्मरेस्ट जस्ता विशेषताहरू छन्। गाडीमा पुस स्टार्ट बटन र पिइपिएस रिमोट स्टार्ट प्रणाली छ। यसको ड्राइभर सिट ६ तरिकाले मिलाउन सकिन्छ।
टिग्गो ४ प्रोमा सुरक्षाको लागि ६ वटा एयरब्याग छ। त्यस्तै यसमा एबिएस, इमर्जेन्सी ब्रेक असिस्ट, टिटिएस सिस्टम, हिल स्टार्ट कन्ट्रोलगायत विशेषताहरू छन्। गाडीमा बच्चाहरूको सुरक्षाको लागि चारवटै झ्याल र ढोकाहरूमा एन्टी पिन्च लकहरू राखिएको छ।
नेपाली बजारमा टिग्गो ४ प्रो निलो, रातो, सिल्भर, सेतो, खरानी रंग र कालो गरेर विभिन्न ६ रङ्गमा उपलब्ध छ। कम्पनीले टिग्गो ४प्रो १।५ लिटरको सुरुवाती बजार मूल्य ४६ लाख २० हजार, टिग्गो प्रो १।५ एल सिभिटीको मूल्य ५२ लाख ५० हजार र टिग्गो ४ प्रो १।५ टर्बो सिभिटीको मूल्य ५८ लाख ४० हजार तोकेको छ।
चेरी ब्रान्ड सन् १९९७ सालमा स्थापना भएको चिनियाँ कम्पनी हो। कम्पनीले हाल ८० भन्दा बढी देशहरूमा आफ्नो उत्पादन वितरण गर्दैछ। नेपालमा भने यसले हालै मात्र गाडी भित्र्याउन र बिक्री–वितरण सुरू गरेको हो।