के तपाईं नयाँ कार किन्नेबारे सोच्दै हुनुुहुन्छ? त्यसो हो भने टाटा एनआरजी तपाईंको उत्तम रोजाइ हुन सक्छ।
सन् २०२० मा टाटाले आफ्नोे सबै स्वरूप परिवर्तन गरेपछि टाटा एनआरजी राम्रो देखिएको छ। हेडलाइट र फन्ट ग्रिल दुवै ठूलो बनाइएको छ। कालो छत, कालो ऐना, कालो बम्पर र ह्वीलको क्याब पनि कालो हुँदा कार स्टाइलिस देखिएको छ। ब्ल्याक फिनिस दिइएकाले कार स्पोर्टी लाग्छ।
एनआरजीले ग्राउन्ड क्लियरेन्स बढाएको छ, जुन १ सय ८१ एमएमको छ। क्यामरा पनि कालो रङको भएकोले झन् आकर्षक देखिएको छ। यो कार मजबुतीमा निकै अगाडि रहेको कम्पनीको भनाइ छ।
कारको टायर साइज १५ इञ्च छ।
बाहिरी रङसँग सुहाउँदो बनाउन भित्र पनि सोही रङले कारको सजावट गरिएको छ। ड्यासबोर्ड युजर–फ्रेन्ड्ली छ। अग्ला कदका चालकका लागि स्टेरिङ ह्वीलमा पनि हाइट एड्जस्ट गर्न मिल्ने बनाइएको छ। कारलाई राम्रोसँग डिजाइन गरिएको छ।
सुरक्षामा ग्लोबल एनक्यापले यसलाई ४ रेटिङ दिएकाले यो कार सुरक्षित रहेको स्वतः पुष्टि हुने कम्पनीको दाबी छ। रिभर्स पार्किङ क्यामरा सिस्टम जडान गरिएकाले कार सहज र झन्झन्टमुक्त लाग्छ नै।
सिट निकै आरामदायी छन्। लामो दुरी होस् या छोटो– कारमा बस्दा तपाई आराम मिल्नेछ। कारको मिडिल सिटमा दुई वयस्क मानिस र एक बच्चा आरामले बस्न मिल्छ। बजारमा उत्कृष्ट ठहरिएको हार्मन स्पीकर यसमा जडान गरिएको छ। बुुट स्पेस गाडीको २ सय ४२ लिटरको छ। ४ जनाको सामान सहजै अटाउन सकिन्छ। यसमा १.२ लिटरको पेट्रोल इन्जिन आउँछ।यस्तै, ५ स्पीड एमटी र एमएमटी दुवै सिस्टम यसमा उपलब्ध छ।
कम्पनीकाअनुसार कारको प्रस्तुति एकदमै राम्रो छ भने गियर चेन्ज गर्न असाध्यै सजिलो छ। लामो दुरी र तीव्र गतिमा निरन्तर चलाउँदा पनि कारमा कुनै गडबडी आउँदैन। शहरी क्षेत्रमा ३० देखि ६० र राजमार्गमा १५ देखि २० किमीको माइलेज यसले दिन्छ, चाहे म्यानुअल चलाउनुस् या एएमडी। नेपाली बजारमा यस कारको मूल्य ३१ लाख ९६ हजार पर्न आउँछ।