यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले यामाहाको एफजेड भी–३ कनेक्ट एक्स मोडल सार्वजनिक गरेको छ।
सोमबार एक कार्यक्रम गरी उक्त मोडल सार्वजनिक गरेको हो।
उक्त मोडलको बाइकमा ग्राहकलाई आकर्षित गराउन विभिन्न फिचर समावेश गरिएको कम्पनीले बताएको छ।
कम्पनीका अनुसार ब्लुटुथ फिचर कनेक्ट गरी विभिन्न सुविधा लिन सकिन्छ।
यसमा भएको एन्सर ब्याक सुविधाले बाइकको इन्डिकेटर झिमिकझिमक बली हर्न बज्न थाल्नेछ जसले गर्दा चालकले आफ्नो साधन कहाँ राखिएको छ भनेर सजिलै थाहा पाउन सक्नेछन्।
यस प्रविधिको दोस्रो सुविधा ‘इ–लक’ हो। यदि तपाईंले इ–लक प्याट्रन राख्नुभएको छ भने कसैले तपाईंको मोटरसाइकलको चाबीले मात्र बाइक चलाउन सक्दैन। यसले मोटरसाइकल चोरी हुनबाट बचाउँछ।
‘लोकेट माइ बाइक’ ब्लुटुथको अर्को सुविधा छ। यो फिचर मोबाइल एपमा क्लिक गरेमा बाइकको इन्डिकेटर १० सेकेन्डम्म लगातार बल्ने छ। विशेषगरी यो फिचर चालकलाई भिड पार्किङ रहेको आफ्नो मोटरसाइकल सजिलै चिनाउन मद्दत गर्छ।
त्यसैगरी ‘राइडिङ हिस्ट्री’ अर्को ब्लुटुथ सुविधा हो। यो फिचर मार्फत आफूले गरेको हरेक यात्राको विवरण अभिलेख गर्न र हेर्न सकिन्छ।
यसमा भएको ‘पार्किङ रेकर्ड' सुविधाले बाइक धनीले आफू रहेको स्थानबाट पार्किङ स्थानको नक्सा पाउन सक्नेछन्।
चालकलाई सडकको सम्भावित दुर्घटना र खतराका बारेमा सचेत गराउन 'हजार्ड' फिचर पनि दिइएको छ।
१३५ केजीको हल्का वजनको यस बाइकमा १४० सेक्सनको रेडियल टायर राखिएको छ। साइड स्ट्यान्ड हटाइएको छ र बिएसभिआइ र एबिएसजस्ता फिचर अपग्रेड गरिएको छ।
यसको बजार मूल्य ३ लाख ७९ हजार ९ सय रूपैयाँ तोकिएको छ।