टाटा मोटर्सले अक्टोबर २०२१ मा ३३ हजार ९ सय २६ युनिट्सको सञ्चयी घरेलु ट्यालीमा नयाँ उपलब्धि हासिल गरेको छ। गत वर्ष यही अवधिमा २३ हजार ६ सय युनिट्सको तुलनामा एयर अन एअर (वाइओवाइ) ४४ प्रतिशतले वृद्धि भएको थियो।
अघिल्लो महिना अर्थात् सेप्टेम्बर २०२१ को तुलनामा २५ हजार ७ सय २७ युनिट्ससहित ब्रान्डले भारतमा ३२ प्रतिशत वृद्धि गर्यो।
‘ब्रान्डका लागि प्रायः कम्पनीहरूले आफ्नो मिहिनेत खर्च गरेको हुन्छ नै। तर, सबै मिहिनेत सफल हुँदैनन्। गतिलो उद्देश्य लिएर निरन्तर मिहिनेत जारी राखेमा सफलता हात लाग्छ भन्ने पछिल्लो उदाहरण हो, यो’,कम्पनीले भनेको छ।
एक दशकभन्दा बढी समय ब्रान्डका लागि काम गरिरहँदा २०२० को यही अवधिमा सबैभन्दा धेरै ७.४ प्रतिशत हासिल गरेको थियो। त्यसमा पनि अहिले ६.४ प्रतिशतको वृद्धि थपेर घरेलु निर्माताले अघिल्लो महिना १३.७ प्रतिशत बजार हिस्सेदारी दर्ज गर्यो। यो टाटाका लागि महत्वपूर्ण आँकडा हो।
भारतीय अटोमोटिभ उद्योगमा आएको समस्याका बावजुद पनि टाटाले आजको दिनमा लगातार ३ अंकको बिक्री–वृद्धि दर्ज गरिरहनु सानो उपलब्धि नभएको कम्पनीको दाबी छ।
टाटाले केही हप्तापहिले बजेट–मैत्री पन्च माइक्रो एसयुभी ल्याएको छ र यसले मासिक बिक्री–चार्टमा लामो समयसम्म दोस्रो स्थानमा रहेको हुन्डाईसँगको बिक्री अन्तरलाई घटाउन मद्दत गर्ने अपेक्षा गरिएको छ। पन्च कम्पनीको एसयुभी पोर्टफोलियोमा नेक्सन कम्प्याक्ट एसयुभीको मुनि छ। अनि, प्रतिस्पर्धीका रूपमा पनि बेस भेरियन्ट (एक्स–शोरुम) का लागि भारतीय बजारमा यसको मोल ५.४९ भारतीय रुपैयाँआउँछ।
अहिले सुरक्षा रेटिङमा फाइभ–स्टार ग्लोबल एनक्याप प्राप्त सबैभन्दा किफायतीे कार हो– पन्च। यो १.२ लिटर थ्री–सिलिन्डर रेभोट्रोन इन्जिनद्वारा सञ्चालित छ, जसले ८६ पीएस म्याक्सिमम पावर र ११३ एनएम पीक टर्क दिन्छ। साथै यसमा स्ट्यान्डर्डका रूपमा फाइभ स्पीड म्यानुअल ट्रान्समिसन र विकल्पका रूपमा फाइभ स्पीड एमटी पनि छ।
अल्ट्रोज, नेक्सन र टियागोले पनि आजका दिनमा ब्रान्डका लागि लगातार बिक्री बढाउँदै नयाँ रेकर्ड कायम गर्दै छ। यस वर्षको सुरुआतमा टाटाले थ्री–रो सफारी लन्च गर्यो, जसमा डार्क एडिसनका कारण लाइनअपमा चमक थपिएको पनि छ।
नेक्सन–ईभी आज भारतमा सबैभन्दा अधिक बिक्री हुने त्यस्तो प्यासेन्जर–कार हो, जसले शून्य उत्सर्जन गर्छ । र, अपडेटेड टिगोर ईभीले हालसालै जिप्ट्रोन प्रविधिलाई आत्मसाथ गरेको छ। यस्तै नयाँ–नयाँ रेकर्ड र सुविधाका कारण टाटाले आफ्नो लोकप्रियतालाई अझै बढाइरहेको कम्पनीको भनाइ छ।