मारुती सुजुकी सेलेरिओ सार्वजनिक हुँदैछ। कम्पनीले कात्तिक २४ गते भारतीय बजारको लागि नयाँ सेलेरिओ सार्वजनिक गर्ने भएको हो। भारतीय अखबार अटो हिन्दुस्तानका अनुसार कम्पनीले मंगलबारदेखि यसको बुकिङ पनि खुलाएको छ।
सुजुकीले नयाँ सेलेरिओको बाहिरी आवरणमा विशेष ध्यान पुर्याएको छ। यसको क्याबिन नयाँ तरिकाले डिजाइन गरिएको छ। यात्रु सुरक्षाको लागि समेत कम्पनीले प्राथमिकता दिएको छ भने गाडीको फिचरहरूमा अपडेट गरिएको छ।
नयाँ सेलेरिओमा गोलो आकारको हेडल्याम्प र टेल लाइट हुनेछ। गाडीको माइलेज उत्कृष्ट हुने कम्पनीले दाबी गरेको छ। यसको टायर पनि १४ इन्चको अलोय ह्विल हुने अनुमान लगाइएको छ।
मारुती सेलेरिओमा १.० लिटर, थ्री–सिलिन्डर डुअल जेट पेट्रोल इन्जिन जडान गरिएको छ। गाडी भित्र ७ इन्चको मारुतीको स्मार्ट प्ले स्टुडिओ इन्फोटेनमेन्ट सिस्टम हुनेछ। यसको क्याबिन फराकिलो र चालक एवम् यात्रुको लागि सहज हुने ढंगमा निर्माण गरिएको छ।
नयाँ सेलेरिओको मूल्य ४ लाख ८० हजारदेखि ६ लाख २० हजारबीच हुने अनुमान लगाइएको छ।