निशान इन्डियाले एसयुभी ‘निशान किक्स’ किन्दा एक लाख रुपैयाँसम्म छुट दिने घोषणा गरेको छ।
चाडपर्व लक्षित समयलाई मध्यनजर गर्दै कम्पनीले छुटको घोषणा गरेको हो।
उक्त अफर ३० नोभेम्बर २०२१ सम्म चल्ने भारतीय अखबार जनसत्ताले लेखेको छ। तर ग्राहकको प्रतिक्रियाअनुसार अफर अवधि अझ थप गर्न सकिने कम्पनीको भनाई छ।
नगद छुट बाहेक कम्पनीले अनलाइन बुकिङ बोनस, एक्सचेन्ज बोनससमेत घोषणा गरेको छ। त्यस्तै आधिकारिक वेबसाइटमार्फत बुकिङ गर्दा कर्पोरेट छुटसमेत पाइनेछ।