पछिल्लो समय धेरै स्मार्टफोन कम्पनीहरु विद्युतीय सवारी बनाउने तयारीमा छन्।
कतिपय स्मार्टफोन कम्पनीहरुले झोला, जुत्ता जस्ता उत्पादनहरुको बिक्री गरिरहेको भारतीय सञ्चारमाध्यम ‘जनसत्ता’ले लेखेको छ।
साओमी, रियलमी, वानप्लस, ओपो तथा भिभोजस्ता स्मार्टफोन कम्पनीहरु विद्युतीय सवारी उद्योगमा प्रवेश गर्ने प्रयासमा छन्।
यसका लागि ति कम्पनीहरुले विद्युतीय सवारीका लागि पेटेन्टको आवेदन दिइसकेका छन्। हालसम्म साओमीको पेटेन्ट आवेदन मात्रै स्वीकृत भएको छ।
रियलमीले जमिन हावा वा पानीमा चलाउन सकिने सवारी साधन निर्माण लागि भारतीय नियामक निकायमा आवेदन दिएको छ।
यसबाहेक रियलमी टेक लाइफ, टिएल डिभाइस नामबाट ट्रेडमार्क एप्लिकेशनहरु पनि बनाइएको छ।
रियलमी मोबाइल टेलिकम्युनिकेशन कोअप्रेटिभ लिमिटेडले पहिले नै यी नामअन्तर्गत ट्रेडमार्क दर्ता गरिसकेको छ।
त्यसैगरी वानप्लसले पनि विद्युतीय सवारी बनाउनका लागि ट्रेडमार्कको आवेदन दिएको छ। कम्पनीले वानप्लस लाइफ नाम राख्ने तयारी गरेको छ।
कम्पनीले भारतीय बजारमा विद्युतीय बाइक, स्कुटर लञ्च गर्ने तयारी गरेको छ। वानप्लसले २०१९ मा इलेक्ट्रिक सुपर कारको प्रदर्शन गरेको थियो।
रियलमी, वानप्लस, ओपो, र भिभो एउटै समूहका अलग अलग कम्पनी हुन्। यी सबै कम्पनीहरु चीनको बिबिके इलेक्ट्रोनिक्सका हिस्सा हुन्।