नेपालका लागि जिप ब्रान्डको आधिकारिक विक्रेता एमएडब्लु लाइफले नेपालमा ‘प्रिमियम’ सोरुम सुरु गरेको छ।
गजानन् अटो ट्रेडिङले दुई हजार स्क्वायर फिटमा आउटलेट विस्तार गरेको हो।
जुन पश्चिम नेपालको पहिलो जिप सोरुम हो।
सोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य संघ–नेपालगञ्जका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गरे।
कार्यक्रममा बोल्दै उनले जिप ब्रान्ड पश्चिम नेपालको अटोमोबाइल बजारमा आउनु ठूलो कोशेढुंगा भएको बताए।
त्यसैगरी, एमएडब्लु ग्रुपका प्रमुख महानिर्देशक चिरञ्जीवी शाहले पश्चिम नेपालका ग्राहकको अपेक्षा पूरा भएको बताए।
जिपले ‘रोडसाइड असिस्ट्यान्स’सहित चौबिसै घन्टा सेवा दिइरहेको छ ।