पछिल्लो समय बजारमा सार्वजनिक प्रायः सवारी साधनका पाङ्ग्राहरू अलोय छन्। कुनै पनि गाडी अथवा सवारी साधनको प्रदर्शनीलाई साधनको पाङ्ग्राले ठूलो असर पुर्याउने कम्पनीहरू बताउँछन्। गाडीमा अलोय ह्विलको प्रयोगले गाडीको सोभा बढाउनुका साथै प्रदर्शनीमा समेत सुधार देखिने उनीहरूको भनाइ छ।
अलोय ह्विल एल्युमिनियम र म्यागनेसियमको अलोयले बनाइन्छ। यो धातु र अन्य तत्वहरू मिसाएर बनाइन्छ। यी सामान्यतया शुद्ध धातुहरूभन्दा बढी मजबुत हुन्छन्। शुद्ध धातु अधिक नरम हुन्छ।
त्यस्तै एल्युमिनियम अथवा म्यागनेसियम हलुका हुन्छन्। यसले बढी ताप प्रवाह दिन्छ। र, पाङ्ग्राहरूमा कस्मेटिक अपरियस्नस पनि थप्छ। जसले गर्दा पाङ्ग्राको आवरण निकै राम्रो देखिन्छ।
यी बाहेक सवारी साधनमा अलोय ह्विल प्रयोग गर्नुको के–कस्ता फाइदा छन्? बेलायती अटो रिप्यर सप मुन्स्टर टायर्सले तयार पारेको रिपोर्टअनुसार साधनमा अलोय ह्विल प्रयोग गर्नुका केही फाइदाहरू यस प्रकारका छन्ः
सौन्दर्यः
अलोय ह्विलहरूले गाडीको शोभा बढाउँछ। प्रायः चालकलाई आफ्नो गाडी आकर्षक र स्टाइलिस होस् भन्ने हुन्छ। अलोय ह्विल प्रयोग गरिएका साधनको आवरण स्मार्ट देखिन्छ। सामान्य स्टिल ह्विलभन्दा अलोय ह्विलले गाडीको आवरणमा चमक थप्छ।
बलियोः
एल्युमिनियम वा म्यागनेसियम मिश्रणबाट बनेको अलोय सामान्य स्टिलभन्दा बढी बलियो हुन्छ। यसले गर्दा गाडी चलाउँदै गर्दा टर्निङ लिदाँ मद्दत मिल्छ किनभने अलोय ह्विल प्रयोग भएका गाडीहरूको ह्यान्डलिङमा सहज हुन्छ। कच्ची बाटोको लागि समेत अलोय ह्विल बलियो हुन्छ।
तापक्रम अपव्ययः
अलोय ह्विलले पाङ्ग्राको तापक्रम नियन्त्रणमा मद्दत पुर्याउँछ। यस हिसाबले यस्तो पाङ्ग्रले सवारी साधनको ब्रेक फेल हुने जोखिमलाई कम गर्छ। र, गाडीको ब्रेकिङ प्रविधिमा सुधार हुन्छ।
कम तौलः
सामान्य स्टिल पाङ्ग्राभन्दा अलोय पाङ्ग्राहरूको तौल कम हुन्छ। यसले गाडी टर्निङ गर्दा ह्यान्डेलिङमा सहजता प्रदान गर्छ। त्यस्तै पाङ्ग्राकै कारण समग्र बाइकको तौलमा असर देखिन्छ।
कम इन्धनः
बाइक अथवा अन्य सवारी साधनको तौल अलोय ह्विलका कारण हलुका हुन्छ। यस्तोमा इन्धन खपत पनि कम हुन्छ। जति हल्का पाङ्ग्राको तौल, उत्ति नै गाडीको इन्धन कम खपत हुने हो।
खिया लाग्ने सम्भावन कमः
स्टिलमा भन्दा एल्मुनियममा हत्तपत्त खिया लाग्दैन। यस हिसाबमा अलोय ह्विलको प्रयोगमा गाडीको पाङ्ग्रा खिया लाग्नबाट जोगिन्छ। यसरी गाडीको पाङ्ग्रा लामो समयसम्म टिक्छ।
यी सम्पूर्ण फाइदा बाबजुद स्टिल प्रयोग गरेर तयार पारिएको पाङ्ग्राको तुलनामा अलोय ह्विलको लागत खर्च भने बढी हुन्छ। दुई पाङ्ग्रे र चार पाङ्ग्रेमा सामान्यतया १२ इन्चदेखि २४ इन्चको अलोय ह्विल प्रयोग गरिएको हुन्छ।