नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टाटा मोटर्स ‘एक्सचेन्ज क्याम्प’ आयोजना गर्ने भएको छ।
उक्त क्याम्प मंसिर ३ गतेदेखि ७ गतेसम्म चल्ने छ।
नेपालभरका सोरुममा आयोजना हुने यस क्याम्पमा ग्राहकहरुले अत्याधुनिक डिजाइनका उत्पादन अबलोकन तथा टेस्ट ड्राइभ गर्न सक्छन्।
अल्ट्रोज,एचफाईभ, नेक्सन, नेक्सनइभी, टियागो र टिगोरलगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने ट्रेडिङले जानकारी दिएको छ।
साथै उक्त क्याम्पमा जुनसु्कै ब्राण्डका गाडीसँग टाटाका गाडि एक्सचेन्ज गर्न सकिन्छ। एक्सचेन्जमा आकर्षक मूल्यांकन हुने उल्लेख गरिएको छ।
यसका साथै फाईनान्स सुविधा, गाडीको एक्सेसरिज, एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कन र टेष्ट ड्राईभमाआकर्षक गिफ्ट ह्याम्परलगायत आर्कषणहरु रहेका छन ।
विस्तृत जानकारीकालागिनजिकको टाटा मोटर्स्को शोरुममा सम्पर्क गर्न सकिन्छ।